ज्याकलिन फर्नान्डेज पछिल्लो समय बलिउडमा निकै रुचाइएकी अभिनेत्री हुन् । अभिनयबाहेक उनको सुन्दरता प्रशंसकका लागि प्लस प्वाइन्ट हो । उनै ज्याकलिनले यतिबेला मनसुनलाई मात खुवाउने गरी टपलेस फोटोसुट गरेर गर्मागर्मी बनाएकी छन् ।
गायिका एडिलेको घाँटी बिग्रिएका कारण उनी हालै आयोजना हुन लागेका दुई वटा स्टेज सोमा प्रस्तुति दिन नपाउने भएकी छन् । ‘मेडिकल सुझावअनुसार म यो साताभरि नै प्रस्तुति दिन नपाउने भएकी छु । नरमाइलो खबर लेख्नुपर्दा मेरो आफ्नै मुटु छिया छिया भएको छ,’ एडिलेले फेसबुक पोस्टमार्फत गत शुक्रबार यस्तो जानकारी दिएकी हुन् ।
यस पटकको गर्मीका लागि केट मिडलटनले आफ्नो लुक्स परिवर्तन गरेकी छन् । बेलायतका राजकुमार विलियमकी पत्नी केट मिडलटन यात्राका क्रममा नयाँ अवतारमा देखिएकी हुन् । पोल्का डटेट लुगामा सजिएकी उनी छोटो कपालमा निकै सुन्दर देखिएकी थिइन् ।
विद्या बालन पछिल्लो समय निकै नै चलेकी अभिनेत्री हुन् । २००६ को कमेडी ‘लगे रहो मुन्नाभाइ’बाट निकै प्रशंसा बटुलेकी उनी पछिल्लो समय समसामयिक विषयका फिल्म गर्दै आएकी छन् । ‘डर्टी पिक्चर’ हुँदै ‘नो वन किल्ड जेसिका’, ‘पा’, ‘कहानी’, ‘दुर्गा रानी सिंहः कहानी २’, ‘बेगम जान’सम्म आउँदा उनको अभिनय निखारिँदै आएको छ ।
फिल्म बनाउन सजिलो छ तर राम्रो फिल्म बनाउन निकै गाह्रो । यस कुराको उदाहरण ‘ट्युबलाइट’ले सिद्ध गरिदिएको छ । ‘एक था टाइगर’जस्तो मनोरञ्जक र ‘बजरंगी भाइजान’जस्तो टियर जर्कर (आँशुको बाढी ल्याउने) फिल्मका निर्देशकले निर्माण तथा निर्देशन गरेको ‘ट्युबलाइट’ले भने दर्शकले सोचेजस्तो दर्शक आकर्षित गर्न सकेन ।
बलिउड बाला प्रियंका चोपडा ग्लोबल आइकन भइसकेकी छन् । केही अघिमात्र भारत फर्किएकी उनको पोल्टामा फेरि तीन–तीनवटा हलिउड फिल्म आइपरेका छन् । ठूलो बजेटको फिल्म ‘अ लिटल किड लाइक जेक’को सुटिङका लागि उनी फेरि अमेरिका पुगेकी छन् ।
माइकल ज्याक्सन पुत्री पेरिस यतिबेला भोग म्यागजिनको अस्ट्रेलियाली संस्करणको आवरणमा छाएकी छन् । १९ वर्षे पेरिसको आकर्षक तस्बिर देखेर लोभिने पनि धेरै छन् । सधैँ फुच्ची भनेर हेरिँदैआएकी उनी म्यागजिन आवरणमा नीलो टार्टन स्कर्ट र फ्लोरल लोकटमा निकै सेक्सी देखिएकी छन् ।
बोल्ड गायिकाको छवि बनाएकी निकोली सेरजिंगरको कामुक बिकिनी अवतारले यतिबेला तरंग ल्याइदिएको छ । पछिल्लो फोटोसुटका क्रममा उनले आफ्नो आकर्षक शरीर देखाएकी छन् । लस एन्जलसको डाउनटाउनस्थित पौडी पोखरी आसपास खिचिएका तस्बिरहरुमा उनी निकै बोल्ड देखिएकी छन् ।
अनिल कपुर पुत्री सोनम कपुर अभिनयभन्दा पनि उनले समय समयमा दिने फेसन कमेन्टका कारण सधैँ चर्चाको केन्द्र बनिरहन्छिन् । अझ उनी आफूभन्दा सिनियर अभिनेत्रीहरुको फेसन सेन्सलाई लिएर पनि बेलाबेलामा हट केक बनिरहन्छिन् ।
कुनै बेलाका ‘दबंग’ नायक सलमान खान एक्सन फिल्मका लागि चर्चित थिए तर पछिल्लो समय ‘दंबग’ छविलाई साइडमा राखेर उनी निर्दोष र सोझो भूमिकामा देखिन थालेका छन् । यसै कारण पनि प्रशंसकहरुबाट झन् बढी माया बटुल्दै आएका छन् ।
टाइगर श्राफ र दिशा पटानी बीचको प्रेमसम्बन्ध मिडियाहरुलाई सधैंका लागि मसला हो । सधैंजसो मिडियामा आउने खबरमा उनीहरु एकअर्काबाट अलग रहेकोजस्तो देखाउन खप्पिस छन् । वास्तविकतामै रोमान्स गरिरहेका टाइगर र दिशा पहिलो पटक रिलमा रोमान्स गरेको अब छिट्टै हेर्न पाइने भएको छ ।
आलिया भट्ट पछिल्लो समय चलेकी अभिनेत्री हुन् । उनका फिल्मले बक्स अफिसमा निकै राम्रो गर्दैआएका छन् । उनी राम्रा फिल्म मात्र छानेर गर्छिन् । जस्तोसुकै भूमिकाका लागि उनी शतप्रतिशत दिन्छिन् ।
परिपक्व अभिनयका लागि चर्चित इरफान खान फरक–फरक विधाका फिल्म गरिरहन्छन् । बलिउड हुँदै हलिउडका केही फिल्म गरिसकेका उनको पछिल्लो फिल्म ‘हिन्दी मिडियम’ समीक्षकबाट रुचाइएको फिल्म हो । पछिल्लो समय इरफान हलिउड फिल्म ‘पजल’मा काम गर्दैछन् ।
चर्चित हलिउड गायिका बियोन्से गर्भवती छिन् । केही समयमै उनले जम्ल्याहा सन्तान पाउने चर्चा छ । नेपालतिर भने बच्चा जन्माउन अस्पताल जाऊँ भन्थे होलान् तर गायक जे जीकी पत्नी बियोन्सेले भने आफ्ना जम्ल्याहा सन्तान हस्पिटलमा नभएर आफ्नै घरमा पाउने बताएकी छन् ।
बलिउड बाला प्रियंका चोपडालाई हलिउड यात्रा फापिरहेको छ । ‘क्वान्टीको’ सिरियल खेल्दै पिपुल्स च्वाइस अवार्ड र दर्शकहरूको वाहवाही पाएकी उनको हलिउड फिल्म ‘वे वाच’ यतिबेला प्रदर्शन भइरहेको छ ।
मेथड एक्टिङका लागि प्रख्यात हुमा कुरैशीको नयाँ फिल्म ‘दोबारा’ हालै रिलिज भएको छ । यसअघि अक्षय कुमारको पछिल्लो फिल्म ‘जोली एलएलबी २’ मा देखिएकी थिइन् । निकै पहिलेदेखि अभिनय सुरु गरे पनि अनुराग कश्यपको ‘ग्याङ्ग्स अफ वासेपुर’बाट सबैको नजरमा आएकी उनका ‘एक थी डायन’, ‘डेढ इश्कियाँ’, ‘बदलापुर’ चर्चित फिल्म हुन् ।
दिपिका पादुकोण आफ्नो अभिनयका कारण चर्चित छिन् । फ्यानका नजरमा उनी राम्री पनि छिन् । हालसालै भिन डिजेलसँग उनको हलिउड फिल्म पनि रिलिज भयो । फिल्मबाट राम्रै प्रशंसा बटुलिन् । पछिल्लो समय उनी सञ्जयलिला भन्सालीको फिल्म ‘पद्यमावती’मा आफ्ना ब्वायफ्रेन्ड रणविर सिंहसँग व्यस्त थिइन् ।
हलिउड अभिनेत्री तथा मोडल इमिली रतजकोस्कीले नयाँ फिल्म ‘वेलकम होम’का लागि नग्न दृश्यको सुटिङ गरेकी छन् । गत आइतबार २५ वर्षीया उनले छायाँङ्कनमा सजिलो होस् भन्नका लागि थ्रिलर फ्लेबरको फिल्मका लागि पूर्ण न्यूड बनेकी हुन् ।
बलिउड अभिनेत्री करिना कपुर खान आमा बन्नु अघि होस् वा पछि उत्तिकै चर्चामा रहिन् । छोरा तैमूरको जन्मअघि करिनाले प्री प्रेग्नेन्सी सुट गराएकी थिइन्, जसको फोटो सामाजिक सञ्जालमा भाइरल भयो ।