एडिलेको घाँटीले धोका दिएपछि

शनिबार, २४ असार २०७४, १२ : ५३ शुक्रवार , Kathmandu
एडिलेको घाँटीले धोका दिएपछि

गायिका एडिलेको घाँटी बिग्रिएका कारण उनी हालै आयोजना हुन लागेका दुई वटा स्टेज सोमा प्रस्तुति दिन नपाउने भएकी छन् । ‘मेडिकल सुझावअनुसार म यो साताभरि नै प्रस्तुति दिन नपाउने भएकी छु । नरमाइलो खबर लेख्नुपर्दा मेरो आफ्नै मुटु छिया छिया भएको छ,’ एडिलेले फेसबुक पोस्टमार्फत गत शुक्रबार यस्तो जानकारी दिएकी हुन् । उनले केही दिन पहिले बेलायतको वेम्ले स्टेडियममा दुई रात लगालगा सांगीतिक प्रस्तुति दिएकै कारण घाँटीमा समस्या आएको हो । समस्याकै कारण उनको स्वर नली दुख्न थालेको र यसै कारण आगामी प्रस्तुतिका लागि अप्ठेरो अवस्था आइपरेको समाचारहरुमा जनाइएको छ । आइतबार र सोमबार उनले लन्डनमा प्रस्तुति दिने तयारी थियो । एडिलेले हालसम्म १२१ ओटा सांगीतिक सोमा भाग लिइसकेकी छन् । आइतबार र सोमबारका कार्यक्रम केही समयपछि पुनः सञ्चालन हुन नसके दर्शकहरुले काटिसकेको टिकटबापतको पैसा फिर्ता गरिने उनले बताएकी छन् ।

Leave A Comment