टपलेस ज्याकलिन

आइतबार, २५ असार २०७४, ०१ : १८ शुक्रवार , Kathmandu
टपलेस ज्याकलिन

ज्याकलिन फर्नान्डेज पछिल्लो समय बलिउडमा निकै रुचाइएकी अभिनेत्री हुन् । अभिनयबाहेक उनको सुन्दरता प्रशंसकका लागि प्लस प्वाइन्ट हो । उनै ज्याकलिनले यतिबेला मनसुनलाई मात खुवाउने गरी टपलेस फोटोसुट गरेर गर्मागर्मी बनाएकी छन् । ‘कस्मोपोलिटन’ म्यागेजिनको पछिल्लो अंकका लागि उनले टपलेस फोटो खिचाएकी हुन् । अर्धनग्न तस्बिरमा ज्याकलिनले शरीरको माथिल्लो भागलाई कपालले कलात्मक रुपले छोपेर मुस्कुराइरहेको देख्न सकिन्छ । इन्स्टाग्राममा उनले सेयर गरेका दुई कामुक तस्बिरमा उनले रमाइला क्याप्सन पनि राखेकी छन् । ज्याकलिन हिजोआज वरुण धवन र तपसी पन्नुसँग ‘जुडवा २’ को सुटिङमा व्यस्त छिन् ।

Leave A Comment