केटको कपाल

बिहिबार, २२ असार २०७४, ०२ : ३० शुक्रवार , Kathmandu
केटको कपाल

यस पटकको गर्मीका लागि केट मिडलटनले आफ्नो लुक्स परिवर्तन गरेकी छन् । बेलायतका राजकुमार विलियमकी पत्नी केट मिडलटन यात्राका क्रममा नयाँ अवतारमा देखिएकी हुन् । पोल्का डटेट लुगामा सजिएकी उनी छोटो कपालमा निकै सुन्दर देखिएकी थिइन् । शाही रुपमा विम्बल्डनमा गएकी उनी केही समय टेनिस खेलेको समेत त्यहाँका खेलाडीबाट सुन्नमा आएको छ । उनले विम्बल्डन अधिकारी र खेलाडीसँग केही समय बिताएकी थिइन् । एन्डी मर्फी सहभागी रहेको टेनिस खेलमा राजकुमार विलियम पनि उपस्थित थिए ।

Leave A Comment