बियोन्सेको चाहना

शनिबार, ०३ असार २०७४, ०१ : १५ शुक्रवार , Kathmandu
बियोन्सेको चाहना

चर्चित हलिउड गायिका बियोन्से गर्भवती छिन् । केही समयमै उनले जम्ल्याहा सन्तान पाउने चर्चा छ । नेपालतिर भने बच्चा जन्माउन अस्पताल जाऊँ भन्थे होलान् तर गायक जे जीकी पत्नी बियोन्सेले भने आफ्ना जम्ल्याहा सन्तान हस्पिटलमा नभएर आफ्नै घरमा पाउने बताएकी छन् । हुन पनि अस्पतालका सबै व्यवस्था घरमा मिलाउन सक्ने बियोन्सेका लागि घरैलाई अस्पताल जस्तो बनाउन उनका पतिले लाखौं डलर खर्चेर सरसामग्रीको जोरजाम गरिसकेका छन् । जन्मिने बालबच्चाको सुरक्षालाई ख्याल गर्दै पतिले इन्क्युबेटर लगायतका चिकित्सा उपकरण घरमै जडान गरेका छन् । उनको घरमा केही दिनदेखि मेडिकल सामग्री भित्रिने क्रम बढेको छ ।
यसअघि एक छोरीकी आमा बियोन्से गोपनीयता र सुरक्षालाई ख्याल गर्दै यसो गरिएको बियोन्से निकटका छिमेकी बताउँछन् ।

 

Leave A Comment