‘नीरस महिलाबारेको फिल्म खेल्न चाहन्न’

आइतबार, २८ जेठ २०७४, ०१ : ५० शुक्रवार , Kathmandu
‘नीरस महिलाबारेको फिल्म खेल्न चाहन्न’

मेथड एक्टिङका लागि प्रख्यात हुमा कुरैशीको नयाँ फिल्म ‘दोबारा’ हालै रिलिज भएको छ । यसअघि अक्षय कुमारको पछिल्लो फिल्म ‘जोली एलएलबी २’ मा देखिएकी थिइन् । निकै पहिलेदेखि अभिनय सुरु गरे पनि अनुराग कश्यपको ‘ग्याङ्ग्स अफ वासेपुर’बाट सबैको नजरमा आएकी उनका ‘एक थी डायन’, ‘डेढ इश्कियाँ’, ‘बदलापुर’ चर्चित फिल्म हुन् । उनी रजनीकान्तको आगामी फिल्म काला करिकालनमा खेल्ने पनि पक्का भइसकेको छ । उनीसँग एक भारतीय मिडियाले गरेको कुराकानी :

‘दोबारा’ हरर जानराको फिल्म हो । यसबारे केही बताइदिनुस् न ?
दोबारा माइक फ्लान्गन निर्देशित हलिउड हरर फिल्म ओसियुलुस (२०१४) मा आधारित फिल्म हो । फिल्मको कथा एउटा तर्साउने ऐना वरपर घुमेको छ । मेरो पात्र नतासा आफ्नो अभिभावको मृत्यु हुनुको कारण ऐना नै भएको मान्छे तर उसको भाइ कबिर(सकिब सलिम) यस्तो मान्दैन । दुई दिदी–भाइ नै त्यसबारेको रहस्य खोतल्न लागि पर्छन् । मैले ओसियुलुस हेरिसकेकी छु । फिल्मका प्रोड्युसर यो फिल्म भारतमा बनाउन चाहानुहुन्थ्यो । उहाँहरूले नै हामी (हुमा र सकिब)लाई अप्रोज गर्नुभयो । हामीले सोच्यौं, ‘हामीले नगरे कसले गर्छ ?’ फिल्म जति रमाइलो छ उति डरलाग्दो पनि । यो फिल्ममा काम गर्दा निकै सिकिन्छ पनि ।

भाइ सकिब सलिमसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
एकदमै रमाइलो । यसअघि म भाइसँग कहिल्यै सँगै काम गरेकी थिइनँ । मलाई लाग्छ हामी नै बलिउडमा पहिलो दिदीभाइ हौं जो सँगै दिदीभाइको भूमिकामा देखिँदै छौं । फिल्म सँगै गर्न पाउँदै हामी दंग थियौं । फिल्म खेल्दा मसँग मेरो परिवारको एउटा हिस्सा थियो ।

तपाईंको अघिल्लो फिल्म जोली एलएलबी २ निकै हिट भयो । के यस फिल्मपछि तपाईंको जीवनमा केही परिर्वतन पाउनुभयो ?
यो फिल्मअघि मानिसहरू मलाई अभिनेत्रीका रूपमा हेर्दैनथे । उनीहरू मलाई कलाकारका रूपमा मात्रै हेर्थे । अहिले उनीहरू मलाई ‘तिमी राम्री अभिनेत्री हौ’ भन्न थालेका छन् । जब तपाईं आपूmले फिल्म हेर्दै हुर्केको र मानिसहरूले मान्दै आएको गतिलो कलाकारसँग अभिनय गर्नुहुन्छ र उसैले नै तपाईंको अभिनयको तारिफ गर्छ भने त्यो भन्दा राम्रो प्रशंसा र प्रेरणा अरु केही हुन सक्दैन । अक्षय कुमारले नै मेरो अभिनयको प्रशंसा गरेपछि म आफैलाई ‘म त्यत्तिको राम्रो कलाकार हुँ र ?’ भन्ने भयो । मलाई निकै खुसी लाग्यो ।

तपाईं अब आउँदा दिनमा के गर्न चाहनुहुन्छ ?
मलाई फरक र नौला पात्र खेल्न पाउँदा खुसी लाग्छ । म नीरस महिलाबारेको फिल्म खेल्न चाहन्न । म आफंै त्यस्ती छु । मेरा दर्शकले नै मलाई ‘यसले केही गर्नेछे’ भन्ने चाहुन भन्छु । म मानिसहरूलाई चकित पार्न चाहन्छु । भविष्यमा सकिब र म सँगै काम गर्न चाहन्छौं । सायद, प्रड्युसरका रूपमा काम गर्छौं होला । तर अहिले नै भविष्यबारे सोच्नु मूर्खता हुन्छ ।

बलिउडका राम्रा र नराम्रा पक्षबारे केही बताइदिनुहोस् न ?
जे काम पनि व्यवस्थित भयो भने राम्रो हुन्छ । बलिउडका दर्शक धेरै छन् र संसारभर फैलिएका छन् । बलिउडलाई चाख मानेर हेर्छन् । जब म मेरो वाइसरोयस हाउस (आगामी फिल्म) को प्रमोसनमा थिएँ । हामी भारतीय कलाकारलाई प्राथमिकतामा राखिएको थियो । केही वर्ष अघि बलिउडलाई ‘गाउने र नाच्ने सिनेमा’का रूपमा मात्र हेरिन्थ्यो । तर अहिले समय फेरिएको छ । हामोमा नयाँ र दक्ष लेखक र निर्देशकहरू छन् । तामिल, मलायम र अन्य भाषाका फिल्मले पनि प्रभाव जमाउँदै छन् । यदि हामीले आफूलाई संगठित रूपमा व्यवस्थित गर्न सक्यौं भने आउँदा दिनमा सिर्जनात्मक रूपमा ठूलो फड्को मार्नेछौं ।

फिल्म बाहेक फुर्सदमा के गर्न मन पराउनुहुन्छ ?
फुर्सदमा म पुस्तक पढछु । खाना पकाउँछु । घुम्छु पनि ।

के तपाईं रिलेसनमा हुनुहुन्छ ?
म अहिलेसम्म सिंगल छु ।

पछिल्लो समय मानिसहरुले तपाईंबारे के भन्छन् ?
मलाई सबैले राम्री, स्मार्ट र कुल केटी भन्छन् ।

 

Leave A Comment