कट्रिनाको प्यारो ब्लाङ्केट

मङ्गलबार, ३० जेठ २०७४, ११ : ४२ शुक्रवार , Kathmandu
कट्रिनाको प्यारो ब्लाङ्केट

कुनैबेला सलमानकी गलफ्रेन्ड रहेकी कट्रिना कैफ आजकल उनै सलमानसँग ‘टाइगर जिन्दा हे’का लागि सुगठित शरीरको आवश्यकता परेकाले जिमखाना धाउन थालेकी छिन् । राति अबेरसम्म जिमखाना धाउँदा उनी बिहान अबेरसम्म सुतिरहन्छिन् । केहीदिन पहिले उनलाई बिहान बेड छोड्न मन लागेन । अल्छि मान्दै उनले कम्मलसँगको सुन्दर फोटो इन्स्टाग्राममा पोस्ट गरिन् । उनले लेखेकी थिइन्, ‘उठ उठ...तर म पहेँलो ब्लाङ्केटलाई असाध्यै मन पराउँछु ।’ फोटो खिच्नैका लागि उनले यस्तो गरेकी हुन् वा साँच्चीकै निदाएकी थिइन् ? यथार्थ जे भएपनि उनको तस्बिरमा धेरै प्रशंसकले लाइक र कमेन्ट गरेका छन् । पहेँलो कम्मलसँग चिढिएका उनका एक प्रशंसकले कमेन्ट गर्दै लेखेका छन्, ‘पहेँलो ब्लाङ्केट भाग्यमानी रहेछ । यो देखेर म चिढिएँ । तर पनि आइ लभ यु कट्रिना’ । केही पहिले रणविर कपुरसँग ब्रेकअप गरेकी कट्रिना हाल सलमानसँग नजिकिएको सुन्न पाइन्छ । केहीअघि इन्स्टाग्राम जोइन गरेकी उनी पछिल्लो समय खुसी रहेको बताइन्छ ।

 

Leave A Comment