प्रोड्युसर आलिया

सोमबार, ०५ असार २०७४, ०३ : ०३ शुक्रवार , Kathmandu
प्रोड्युसर आलिया

आलिया भट्ट पछिल्लो समय चलेकी अभिनेत्री हुन् । उनका फिल्मले बक्स अफिसमा निकै राम्रो गर्दैआएका छन् । उनी राम्रा फिल्म मात्र छानेर गर्छिन् । जस्तोसुकै भूमिकाका लागि उनी शतप्रतिशत दिन्छिन् । अभिनयसँगै केही फिल्मका लागि गायिका बनेकी उनै आलिया यतिबेला प्रियंका चोपडा  र अनुष्का शर्माको पथमा लाग्ने पक्का भएको छ । केही समयघि उनले आफूलाई फिल्म बनाउन मन लागेको बताएकी थिइन् । उनीसँग फिल्मका लागि राम्रा–राम्रा कन्सेप्ट रहे पनि कुनै पनि प्रोड्युसरले उनका ‘अफबिट’ फिल्ममा लगानी गर्न चाहेनन् । उनका कन्सेप्टलाई लगानीकर्ता र ठूला फिल्म निर्माताहरुले नपत्याएपछि आलिया आफैँले लगानी गरेर फिल्म बनाउन लागेकी हुन् ।

Leave A Comment