मलिबुमा मस्त प्रियंका

बिहिबार, १५ असार २०७४, १२ : ५७ शुक्रवार , Kathmandu
मलिबुमा मस्त प्रियंका

बलिउड बाला प्रियंका चोपडा ग्लोबल आइकन भइसकेकी छन् । केही अघिमात्र भारत फर्किएकी उनको पोल्टामा फेरि तीन–तीनवटा हलिउड फिल्म आइपरेका छन् । ठूलो बजेटको फिल्म ‘अ लिटल किड लाइक जेक’को सुटिङका लागि उनी फेरि अमेरिका पुगेकी छन् । सुटिङकै सिलसिलामा ब्रेक लिन उनी आफ्नी सहकर्मीसँग मलिबुमा मस्तराम भएको तस्बिरले यतिबेला फेरि गर्मागर्मी छाएको छ । मलिबुमा विकेन्ड मनाउने क्रममा उनी मेकर मुबिना रट्टोन्सी र ‘क्वान्टिको’की सहकलाकार यसमिन अल मस्सरीसँग पुगेकी हुन् । प्रियंका यतिबेला होलिडे मुडमा रहेको तस्बिरबाटै पत्तो पाउन सकिन्छ । उनले इन्स्टाग्राममा सुन्दर फोटो राख्दै, ‘समरटाइम ट्वीनीङ विथ’ भन्दै मुबिना रट्टोन्सीलाई ट्याग गरेकी छन् ।  

 

Leave A Comment