विद्यालाई रेडियो उपहार

सोमबार, १९ असार २०७४, १२ : ३३ शुक्रवार , Kathmandu
विद्यालाई रेडियो उपहार

विद्या बालन पछिल्लो समय निकै नै चलेकी अभिनेत्री हुन् । २००६ को कमेडी ‘लगे रहो मुन्नाभाइ’बाट निकै प्रशंसा बटुलेकी उनी पछिल्लो समय समसामयिक विषयका फिल्म गर्दै आएकी छन् । ‘डर्टी पिक्चर’ हुँदै ‘नो वन किल्ड जेसिका’, ‘पा’, ‘कहानी’, ‘दुर्गा रानी सिंहः कहानी २’, ‘बेगम जान’सम्म आउँदा उनको अभिनय निखारिँदै आएको छ । अघिल्लो हप्ता उनी पछिल्लो फिल्म ‘तुम्हारी सुलु’को सुटिङ सकेर बसेकी छन् । सुटिङ सकिएपछि विद्यालाई फिल्मका क्रुले उपहारस्वरुप रेडियो दिएका छन् । फिल्ममा उनी आरजेका रुपमा प्रस्तुत हुँदैछिन् । सुरेश श्रीवेणी निर्देशक रहेको फिल्ममा नेहा धुपिया र मानव कौलको पनि अभिनय देख्न पाइन्छ ।

 

Leave A Comment