किताब लेख्दै करिना

आइतबार, २१ जेठ २०७४, १२ : ५७ शुक्रवार , Kathmandu
किताब लेख्दै करिना

बलिउड अभिनेत्री करिना कपुर खान आमा बन्नु अघि होस् वा पछि उत्तिकै  चर्चामा रहिन् । छोरा तैमूरको जन्मअघि करिनाले प्री प्रेग्नेन्सी सुट गराएकी थिइन्, जसको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । छोराको आगमनपछि डेढ महिना भित्र उनी घरबाहिर निस्कन सुरु गरिन् । अर्थात्, उनले प्रेग्नेन्सीको ‘इञ्जोय’ गर्न छाडिनन् ।
यिनै करिना अब प्रेग्नेन्सी अनुभवलाई समेटेर किताब लेख्न लागेकी छन् । उनका शुभचिन्तकले किताब लेख्न आग्रह गरेपछि करिना लेखनको सुरसारमा छिन् ।
करिनालाई लिडिङ पब्लिसर्सले  लेख्नका लागि प्रस्ताव गरेको खबर छ । पुस्तकमा उनलाई आफ्नो मातृत्व यात्राको वर्णन गर्नुपर्ने प्रकाशकले सर्त राखेको छ । करिनाले पनि आफ्नो पुस्तकको माध्यमबाट आफ्नो विचार आम मानिसमाझ पुगोस् भन्ने इच्छा व्यक्त गरेकी छन् । उनले सन्तान जन्मिएपछि अभिनेत्रीको करियर कहिल्यै पनि नसकिने कुरा देखाउनकै लागि किताब लेख्ने रहर गरेको भारतीय सञ्चारमाध्यममा खबर छ । करिना आफ्नो फिल्म ‘विरा दि वेडिंग’को सुटिङ अगष्टबाट सुरु गर्दैछिन् । यो फिल्ममा सोनम कपुर पनि छिन् ।

 

Leave A Comment