सोनमको तडकभडक

आइतबार, ११ असार २०७४, १२ : ३९ शुक्रवार , Kathmandu
सोनमको तडकभडक

अनिल कपुर पुत्री सोनम कपुर अभिनयभन्दा पनि उनले समय समयमा दिने फेसन कमेन्टका कारण सधैँ चर्चाको केन्द्र बनिरहन्छिन् । अझ उनी आफूभन्दा सिनियर अभिनेत्रीहरुको फेसन सेन्सलाई लिएर पनि बेलाबेलामा हट केक बनिरहन्छिन् । उनै सोनम हिजोआज भने ब्यायफ्रेन्ड आनन्द अहुजासँग जोडिन पुगेकी छन् । उनीहरुको प्रेम हिजोआज सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । कुनै बेला रिलेसनलाई सेक्रेट राखेकी उनले केही दिनअघिको जन्मदिनका फोटो हेर्ने हो भने व्यापारी ब्वायफ्रेन्ड आनन्द अहुजा सर्वत्र छाएको देख्न पाइन्छ । उनका तस्बिरमा अहुजाका प्रेम बारेका रमाइला कमेन्ट पढ्दा उनीसँग चिढिने पनि धेरै भएका छन् ।

 

Leave A Comment