टाइगरसँग दिशाको रोमान्स

मङ्गलबार, ०६ असार २०७४, १२ : ४० शुक्रवार , Kathmandu
टाइगरसँग दिशाको रोमान्स

टाइगर श्राफ र दिशा पटानी बीचको प्रेमसम्बन्ध मिडियाहरुलाई सधैंका लागि मसला हो । सधैंजसो मिडियामा आउने खबरमा उनीहरु एकअर्काबाट अलग रहेकोजस्तो देखाउन खप्पिस छन् । वास्तविकतामै रोमान्स गरिरहेका टाइगर र दिशा पहिलो पटक रिलमा रोमान्स गरेको अब छिट्टै हेर्न पाइने भएको छ । फिल्म ‘बागी–२’का लागि श्रद्धा कपुरलाई पछि पार्दै दिशा ब्वाइफ्रेन्ड टाइगरसँगै ‘अनस्क्रिन रोमान्स’ गर्ने पक्का भएको हो । फिल्मका लागि दिशालाई नै लिनुमा प्रोड्युसर साजिद नाडियाडवालाको हात छ । उनले लुक टेस्टका क्रममा यी दुई असाध्यै राम्रो देखिएको बताएका छन् । फिल्मको पहिलो भागमा दिशालाई रोजिए पनि श्रद्धाका कारण दिशाको मौका चुकेको कुरा यतिबेला यत्रतत्र भएको छ । रियल लाइफ जोडीको अनस्क्रिन रोमान्स कत्तिको दमदार हुने हो, त्यो त फिल्म रिलिजपछि नै थाहा हुनेछ ।

Leave A Comment