प्रियंकाको धोको

सोमबार, २९ जेठ २०७४, ०१ : ३६ शुक्रवार , Kathmandu
प्रियंकाको धोको

बलिउड बाला प्रियंका चोपडालाई हलिउड यात्रा फापिरहेको छ । ‘क्वान्टीको’ सिरियल खेल्दै पिपुल्स च्वाइस अवार्ड र दर्शकहरूको वाहवाही पाएकी उनको हलिउड फिल्म ‘वे वाच’ यतिबेला प्रदर्शन भइरहेको छ । फिल्मले हलिउडमा राम्रै गरेपनि भारतमा ‘वन्डर वुमेन’का कारण यसको रिलिज पछाडि धकेलिएको छ । यतिबेला फुर्सदमा रहेकी प्रियंकाले जोस वेडनको नयाँ फिल्म ‘ब्याटगर्ल’मा आँखा लगाएकी छिन् । ‘ब्याटगर्ल’का लागि जोस लिड हिरोइनको खोजीमा रहेका छन् । प्रियंकाले आफू त्यस फिल्ममा काम गर्न पाए निकै रमाइलो हुने बताएकी छिन् । फिल्मवृतमा प्रियंकाले आफ्नो नाम उक्त फिल्मका लागि पठाइसकेको हल्ला छ । हलिउड अनुभव बटुलेकी उनलाई सुपरहिरो फिल्म गर्न मन लागेको कुरा उनी बारम्बार सुनाइरहन्थिन् । उनको यो धोको कहिले पूरा होला ?  

 

Leave A Comment