हरेक वर्ष प्लस टुतर्फ साढे तीन लाख विद्यार्थी परीक्षामा सहभागी हुन्छन् भने डेढ लाखको हाराहारीमा उत्तीर्ण हुने गर्छन् । तीमध्ये अधिकांश विद्यार्थी स्नातक तहमा कहाँ, कुन विषय लिई पढ्ने भनेर दोधारमा परिरहेका हुन्छन् ।
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका जति चर्चा सायदै अन्य ठाउँले पायो । यो चर्चा मत्थर हुँदै जाला तर लामो समयसम्म सम्झनामा पक्कै रहने छ । खास गरेर निर्वाचनमा हुने धाँधलीको विषय उठ्दा भरतपुरको उदाहरण अगाडि आउने नै छ ।
म २०३० सालमा रुकुमको प्वाङमा जन्मेँ । हाम्रो पूर्णरूपमा कृर्षिमा निर्भर परिवार हो । मेरो बुवा एउटा मिहेनती किसान हुनुहुन्थ्यो । हजुरबुवा भने स्थानीय राजनीतिमा पनि संलग्न हुनुहुन्थ्यो । उहाँ २००७ सालतिरै कांग्रेसमा हुनुहुन्थ्यो ।
मेरो जन्म २०२२ सालमा स्याङ्जामा भयो । मेरो समुदाय नै लाहुरे हो । मेरो परिवार पनि लाहुरे हो । तर, मेरो माइला दाई भने राजनीतिमा हुनुहुन्थ्यो । उहाँकै प्रेरणाले म राजनीतिमा आएको हुँ ।
मेरो जन्म सप्तरीको राजविराजमा भएको हो । म ९ कक्षामा पढ्दा तत्कालीन सद्भावना नेता ललित कण्ठ, प्रमोद यादव र महेश यादव त्यस पार्टीको विद्यार्थी संगठनका नेता हुनुहुन्थ्यो । उहाँहरू म पढ्ने स्कुलमा आउनुभयो । स्कुलमा प्रारम्भिक कमिटी बनाउनुभयो ।