कस्तो प्रतिनिधि छान्नुहुन्छ ?

बिहिबार, २८ बैशाख २०७४, ०३ : ५० शुक्रवार , Kathmandu
कस्तो प्रतिनिधि छान्नुहुन्छ ?

सन्तोष थुलुङ
गाउँको समस्या हल गर्ने खालको बुज्झकीलाई भोट हाल्छु । जसले जनताको समस्या बुझेर काम गर्छ, उसैले भोट पाउँछ ।
एन्जोल राई
युवा उम्मेदवारलाई भोट हाल्छु । युवालाई पनि त मौका दिनुपर्यो नि ।
रामचन्द्र कार्की
स्थानीय चुनाव हो, आफ्नो गाउँठाउँका निम्ति लागिपर्ने उम्मेदवारलाई भोट दिन्छु ।
कमला काफ्ले
पहिलेदेखि नै राजनीतिमा अनुभव बटुलेकालाई भोट दिन्छु । युवालाई भन्दा पनि पाकोलाई दिने नै विचार छ ।
कामेश्वर सिंह
भोट हाल्न एकदम आतुर छु । हाम्रोभन्दा राम्रो मान्छेले मेरो भोट पाउँछ ।
सुनील पाण्डे
नयाँ अनुहारलाई भोट दिन्छु । काम गरेर देखाउनेलाई आफ्नो प्रतिनिधि छान्नुपर्छ ।
कृष्णबहादुर वाग्ले
नयाँ जोश, जाँगर भएकालाई भोट दिने विचार छ  । नयाँ योजनाअनुसार देशमा केही नयाँ होस् भन्ने चाहना छ ।
दीपक महर्जन
जसले राम्रो देश बनाउँछ, उसैलाई भोट दिने हो । नयाँ पुस्तालाई नै म साथ दिन्छु ।
शिला लामा
युवा पुस्ताको सक्रिय मान्छेलाई आफ्नो प्रतिनिधि बनाउन चाहन्छु ।
राजु रत्न सिख्राकार
जसले महानगरको विकास गर्छ, जो इमानदार छ, उसैलाई भोट दिएर आफ्नो जनप्रतिनिधि बनाउने हो ।
प्रिन्स गुप्ता
जो योग्य छ, उसैले मेरो अमूल्य भोट पाउँछ ।
 
विवश विकास खड्का
तत्कालको अवस्थामा देशलाई व्यवस्थित ढंगले अगाडि बढाउन युवाको खाँचो छ । म युवा उम्मेदवारलाई नै भोट दिन्छु ।
कृष्णप्रसाद पाण्डे
नेतृत्व गर्न सक्ने, राम्रो भिजन भएको, आँटिलो, राजनीति बुझेको व्यक्तिलाई छानेर भोट दिन्छु ।
सन्तराज अधिकारी
म युवालाई नै मौका दिन चाहन्छु । जसले गर्न सक्छ, त्यसैलाई हेरेर, छानबिन गरेर भोट दिने विचार छ ।
मञ्जु श्रेष्ठ
स्थानीय क्षेत्रलाई परिवर्तन गर्ने सामथ्र्य जसमा छ, उसैलाई भोट दिन्छु ।
संगीता सुब्बा
गरिब जनतालाई गरिखाने बाटोको बन्दोबस्ती गर्नेलाई नै रोजेर भोट दिन्छु ।
कल्पना नेपाल
पुरानो उम्मेदवारलाई नै म भोट हाल्छु । किनकि, उनीहरूले धेरै बुझेका हुन्छन् ।
दीपक थापा
हाम्रोलाई भन्दा राम्रोलाई नै भोट हाल्छु । अहिले जताततै नारा पनि त्यही नै छ ।
विमु महर्जन
युवा उम्मेदवारलाई नै चुन्ने सोच राखेकी छु । अहिले नेपाललाई युवाको खाँचो छ ।
पासाङ थिङ
अहिले हाम्रो ठाउँबाट धेरैजसो उम्मेदवार युवा नै छन् । त्यही भएर युवालाई नै भोट दिन्छु ।
शंकर महर्जन
म युवालाई आफ्नो प्रतिनिधि बनाउन चाहन्छु । युवाले नै देशमा शान्ति ल्याउँछन् ।
आयुष शर्मा
देशमा परिवर्तन ल्याउन आतुर हुने जो व्यक्ति छ, उसैलाई भोट दिन्छु ।
रितु शाह
अब पालो नयाँकै हो । त्यसैले म पनि नयाँ उम्मेदवारलाई नै भोट दिन्छु ।
उर्मिला भुजेल
मेरो पहिलो भोट हो यो । त्यसैले देशलाई अगाडि बढाउने आँट हुने उम्मेदवारलाई भोट हाल्छु ।
विपिन जयसवाल
जल्दोबल्दो उम्मेदवारलाई भोट हाल्ने हो । युवाले जित्नुपर्छ भन्ने सोच छ ।
सन्तोष घतानी
बौद्धिक क्षमता भएकोलाई भोट दिनुपर्छ जस्तो लाग्छ । जसले विकास निर्माणका काममा योगदान पुर्याएका छन्, त्यस्ता व्यक्तिलाई भोट दिनुपर्छ ।
अनिता कपाली
जनताको पिरमर्का बुझेर काम गर्नेलाई भोट दिन्छु । पदमा पुगेपछि पनि उसले आफ्नो दायित्व र कर्तव्य बिर्सनु भएन ।
कृष्ण पनेरु
भोट त युवालाई नै दिने हो । उनीहरूलाई पनि मौका दिई हेरौँ न ।
अच्युतबाबु तिवारी
पुरानालाई धेरै भोट दिइयो । यो पालि म नयाँ पुस्ताको उम्मेदवारलाई भोट दिन्छु ।
सुशील स्थापित
काठमाडौँलाई सफा शहर बनाउने योग्यता जसमा छ, म उसैलाई भोट हाल्छु । छलकपट नगर्ने, राम्रो व्यक्तित्व भएकोलाई प्राथमिकता दिन्छु ।
प्रस्तुतिः रचना श्रेष्ठ

 

Leave A Comment