‘नयाँ बाटो बनाउन युवा राजनीतिमा आउनुपर्छ’

बुधबार, ३१ जेठ २०७४, ०१ : ४४ शुक्रवार , Kathmandu
‘नयाँ बाटो बनाउन युवा राजनीतिमा आउनुपर्छ’

गणेशमान पुन
नेता, नेकपा (माओवादी केन्द्र)
म २०३० सालमा रुकुमको प्वाङमा जन्मेँ । हाम्रो पूर्णरूपमा कृर्षिमा निर्भर परिवार हो । मेरो बुवा एउटा मिहेनती किसान हुनुहुन्थ्यो । हजुरबुवा भने स्थानीय राजनीतिमा पनि संलग्न हुनुहुन्थ्यो । उहाँ २००७ सालतिरै कांग्रेसमा हुनुहुन्थ्यो । उ बेला हाम्रो क्षेत्रतिर विर्ता प्रथाको जगजगी थियो । राजा रजौंटाहरूले सोजा सिधा  किसानबाट बिर्ता उठाएर खान्थे । यो एक प्रकारले शोषण नै थियो । आफू युवा हुँदा हजुरबुबाले तत्कालिन जाजरकोटमा बिर्ता उन्मुलनका लागि ठूलो संघर्ष  गर्नुभयो । त्यसपछि स्थानीय स्तरमा धेरै ठाँउमा बिर्ता उन्मुलन पनि भयो ।
हजुरबुवाकै प्रेरणाले म पनि राजनीतिमा लागेको हुँ । मेरो नाम पनि हजुरवुवाले नै राखिदिनु भएको हो । मगर समुदायमा सामान्यतया नामको पछाडि ‘बहादुर’ राख्ने प्रचलन हुन्छ । तर, उहाँले ‘गणेशमान सिंह’ जस्तै वीर बन्नु भनेर मेरो नाम ‘गणेश बहादुर’ होइन ‘गणेशमान’ राखिदिनुभयो । यद्यपी म कांग्रेस होइन, कम्युनिष्ट बनेँ । उ बेला गाँउमा विकास निमार्ण केही पनि भएको थिएन । मेरो बाल्यकालको केही समय मेलापात, गोठालो गरेरै बित्यो । जीवन अलि कष्टदायी नै थियो । म ठूलो हुँदा पनि स्कुल जान पाइन । १०/११ बर्षको भए पछि मात्रै स्कुलमा पाइला टेक्न पाएँ । स्कुलमा  जम्मा ६ बर्ष पढेर एसएलसी दिएँ ।
 २०३६ सालतिर घरमा जनमत संग्रहको चर्चा चल्थ्यो । हजुरबुवा बहुदलको कुरा गर्नुहुन्थ्यो । मैले भोगेको कठिन जीवन परिर्वतन हुनुपर्छ भन्ने भयो । हामीलाई पढाउने शिक्षक पनि वामपन्थी हुनुहुन्थ्यो । कक्षामा माओको रातो किताब देखाउनुहुन्थ्यो । यसले कम्युनिष्टप्रति आकर्षित गर्यो ।
एसएलसीसम्म मैले रुकुमकोटको रुकमेनी माध्यामिक विद्यालयमा पढेँ । २०४४ मा तत्कालिन मोटो मशालको म स्कुल इकाई कमिटी उपाध्यक्ष भएँ । राजनीतिमा मेरो औपचारिक प्रवेश यहीबाट भयो । २०४५ सालमा जिल्ला कमिटी सदस्य भएँ । २०४८ मा जिल्ला कमिटी अध्यक्ष भएँ । पार्टीको आश्यकताले मेलै विद्यार्थी राजनीति छोडेरे पार्टी राजनीति थाले । २०४९ मा तत्कालिन एकता केन्द्रको जिल्ला कमिटी सदस्य भएँ । २०५२ सालमा तत्कालिन नेकपा(माओवादी)ले जनयुद्ध सुरु ग¥यो । माओवादीले देशका विभिन्न ठाँउमा फौजी आक्रमण गरेर जनयुद्ध सुरु गरेको थियो । त्यसमध्ये रुकुमको आसविसकोट प्रहरी चौंकी पनि एक हो । त्यसको नेतृत्व मैले नै गरेको थिएँ । त्यो कारवाही सफल पनि भएको थियो । त्यसको एक बर्षपछि पार्टीको रुकुम जिल्ला प्रमुख पनि भएँ । २०५४ सालको स्थानीय निर्वाचन बहिस्कार गर्ने हाम्रो पार्टीको नीति थियो । हामीले अधिकांश ठाँउमा चुनाव हुन दिएका थिएनौं । ५३ गाविस मध्ये जम्मा ६ वटा गाविसमा मात्रै राम्रोसँग चुनाव भएको थियो । चुनाव बिफल बनाएकै कारण मलाई पक्राउ गरियो । जेल हालियो । जेल बसेको चार बर्षपछि २०५८ मा उपचारकै क्रममा अस्पतालबाट भागेँ । ०६० पार्टीको केन्द्रिय सदस्य भएँ । ०६३ मा वाईसिएलको अध्यक्ष बनेँ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर १ बाट अत्यधिक मतान्तरले जितेँ । २०७२ असोजमा केपी शर्मा ओली नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री भइयो । अहिले पाार्टीको केन्द्रीय सचिवालय सदस्य छु ।
युवा राजनीतिमा आउन अत्यन्त जरुरी छ । युवा आएन भने राजनीतिमा नयाँपन पनि आउँदैन । संसारमा जे जति क्रान्ति, परिर्वतन भएका छन्, त्यो युवाकै कारण भएका छन् । नेपालमा भएका क्रान्ति परिर्वतनमा पनि युवाकै ठूलो योगदान छ । राणा शासन विरुद्ध आन्दोलन  गर्दा विपी युवा हुनुहुन्थ्यो । युवा अवस्थामै प्रचण्डलगायतले जनयुद्ध सुरु गर्नुभएको हो  ।
राजनीतिमा आउन चाहाने युवाले व्यक्तिगत स्वार्थको लागि होइन समाजको हितको निम्त सोच्न सक्ने हुनुपर्छ । त्याग गर्ने गुणले मात्रै राजनीतिमा सफल हुँदैन । त्यसको लागि उपयुक्त सिद्धान्त, विचार, नीति चाहिन्छ । त्यसको लागि अध्ययन गर्ने वाणी हुनुपर्छ । समाजलाई  ठिक ढंगले बुझ्ने र विश्लेषण गर्न सक्ने क्षमता पनि युवामा हुनुपर्छ । त्याग, लगनशिलता पनि राजनीतिमा त्यत्तिकै महत्वपूर्ण हुन्छ । अहिले विज्ञान, प्रविधि क्षेत्रमा नयाँ–नयाँ आविस्कार भएका छन् । त्यसलाई आत्मसाथ गर्दै राजनीतिमा नयाँ पनि दिनसक्नु पनि युवाको जिम्मेवारी हुन्छ ।
पछिल्लो समय कता–कता राजनीतिप्रति युवाको केही वितृष्णा पनि छ । समय अनुसार राजनीतिमा परिर्वतन हुन नसक्दा पनि यस्तो भएको  हो जस्तो लाग्छ । अहिलेको विश्वमा बैचारिक खडेरी छ । विज्ञानमा आधारित विचारको अभाव छ । अब विज्ञानमा आधारित नयाँ बिचार निर्माण हुनु जरुरी छ ।
राजनीतिमा युवा दुई तरिकाले आउँछन जस्तो लाग्छ । एउटा, क्रान्ति÷आन्दोलन । त्यसको पछिल्लो उदाहरण जनयुद्ध हो । जनयुद्धको बेला धेरै युवा राजनीतिमा लागे । त्यही कारणले गर्दा अरु पार्टीको तुलनामा हाम्रो पार्टीमा युवाको प्रतिनिधित्व अलि बढि पनि छ । कम्तिपमा पनि एक तिहाई युवा नेतृत्वमा आउनुपर्छ भन्ने नीति हाम्रो पार्टीको छ । कांग्रेसले राणा शासन विरुद्ध गरेको आन्दोलनबाट पनि धेरै युवा राजनीतिमा आएका हुन् । अर्को, कलेज÷विश्वविद्यायमा हुने विद्यार्थी राजनीतिबाट पनि आउने हो । विभिन्न अभियानबाट पनि युवा राजनीतिमा आउन सक्छन् ।
‘युवाले केही जान्दैनन्, युवा आलाकाचै छन’ भन्ने प्रवृति पनि पार्टीहरुमा छ । यसले युवालाई राजनीतिमा आउनबाट छेकेको छ । युवा आफैमा पनि केही कमजोरी छन् । युवामा धैर्यता कम छ । चाँडै परिणमा खोज्ने, त्यो हात नलागे चाडै निरास हुने बाणी युवामा छ । यो वाणी युवाहरुले त्याग्नुपर्छ । युवा मात्रै हुनुपर्छ भनेर पुराना पुस्तालाई नकार्ने प्रवृति पनि छ । यो राम्रो होइन । युवाले विस्तारै ठाँउ लिनुपर्छ । पुरानो पुस्ताले हिँडेको बाटोमा युवा पुस्ता हिँडेर मात्रै पुग्दैन । युवा आफैंले नयाँ बाटो पनि बनाउनुपर्छ ।
काम गर्ने सवालमा युवा र प्रौढ पुस्ताको नेतृत्वबीच केही भिन्नता छन् । तर, युवा हुँदैमा फरक हुन्छ भन्ने पनि होइन् । युवाले अंगाल्ने बिचार र उसको ‘स्प्रिट’ले पनि ठूलो अर्थ  राख्छ ।
अहिलेको स्थानीय तहको चुनावबाट पनि धेरै युवा नेतृत्वमा आएका छन् । पार्टीहरूले युवालाई प्रयाप्त स्थान दिने र प्रशिक्षण चालाउने गर्नुपर्छ । आउँदा दिनमा नेपालको राजनीतिमा युवाको भविष्य उज्ज्वल छ ।
 
 

Leave A Comment