प्यासेन्जरले त के दुःख दिन्छ भन्नु । उनीहरु त हाम्रो लागि भगवान नै हो नि । उनीहरु गाडीमा चढ्न नआए हाम्रो घर कसरी चल्छ । यसमा त केटाहरु नै हो । ट्यापे केटाहरु धेरैले यस्तै गर्छन् । केटीहरुले त्यस्तो गरेको छैन ।
भक्तपुरको कृष्णकुमार सुवाललाई १७ वर्षअघि खपिसक्नुको चिन्ता थिएन । उनले साउन महिनाको हरेक बुधबार देउता स्थान घुम्ने क्रममा पुण्येश्वरीलाई आफ्नो दिल दिइसकेका थिए । पुण्येश्वरीले पनि कृष्णको त्यो मन मनपराएकी थिइन् ।
आएको त थियो तर पछि त्यहाँ गएर आएका दाइहरुको कुरा र साथीहरुको कुरा बुझ्दा विदेशभन्दा स्वदेश नै राम्रो लाग्यो । त्यहाँ झन् यहाँभन्दा दुःख छ । तर त्यो कसैले देख्दैन किनभने विदेश गएको बेला सुटकेस र सुट लाएर गएको देखिन्छ ।
‘अहिले त यस्ता छन्, उमेरमा कस्ता थिए यी बूढा ?’ ८१ वर्षीय कलाकार पदमप्रसाद पौडेलको जोश र जाँगर देख्नेहरुले गर्ने टिप्पणी हो यो । उमेरले मात्र उनी पाका हुन्, जोश त अझै १८ वर्षे तन्नेरीको जस्तो छ ।
यो मेरो गाडीलाई म भगवान् मान्छु । मेरो आम्दानी गराउने, घर चलाउन मद्दत गर्ने भगवान् नै हो नि, हैन त ! यो मेरो जीवनको अभिन्न अंग हो । यसबिना त मेरो घरको चुलो चल्दैन, त्यसैले म यसलाई सधैँ यसरी नै सजाएर राख्ने गर्छु ।
कमाइ त खासै हुँदैन । घरमा त्यसै बस्नुभन्दा टाइम पास गर्न टाँगा चलाउँछु । अरु काम केही पनि गर्दैन । त्यही हो, दैनिक रुपमा मुस्किलले २/३ सय जति कमाइ हुन्छ । त्यो पनि घोडालाई आहारा खुवाउन पुग्दैन ।
भक्तपुरको मुटु टौमढीबाट दायाँ मोडिएर तल भेलूखेल जाने ओरालोको बीचमा दायाँपट्टि एउटा सानो तरकारी पसल छ । त्यो पसल माया तामाङको हो । उनी बिहान ४ बजे नै उठेर पसल राख्ने तयारीमा जुट्छिन् ।
इटहरी वडा नं. ४ की पूर्णिमा चौधरीको उमेर ७५ पुग्यो । उनी आफैँमा स्वयं इतिहास बनिसकिन् । उनले सडकमै केरा व्यापार गरेको पनि २० वर्ष नाघिसक्यो । छोराछोरी सानैछँदा लोग्ने बिते । लोग्ने बितेको २५ वर्ष बितिसक्यो । लोग्नेको निधनपछि छोराछोरी पाल्ने जिम्मेवारी उनको काँधमा आयो ।
इटहरी वडा नं. ४ की पूर्णिमा चौधरीको उमेर ७५ बर्ष बितिसक्यो । उनले सडकमै केरा व्यापार गरेको पनि ३५ बर्ष नाघिसक्यो । छोराछोरी सानै छँदा लोग्ने बिते । छोराछोरी पाल्ने जिम्मेवारी उनको काँधमा आयो । विवाह गरेर उनलाई सुनसरीकै चाँदवेला दिइएको थियो ।
सृजना अधिकारी हरेक दिन सूर्य नउठ्दै कालिमाटी पुगिसक्छिन् । रित्तो हात कालिमाटी पुगेकी अधिकारी फर्कंदा पिठ्यूँमा मकैको कुस्त भारी हुन्छ । छ जना साना सन्तानलाई स्कुल पठाएपछि उनको अर्को दैनिकी सुुरू हुन्छ, मकै पोल्ने बेच्ने ।
अन्य महिलाभन्दा उनको दैनिकी पूरै फरक छ । बिहान उठेपछि अरु घरधन्दामा व्यस्त हुन्छन्, उनी भने ट्याक्सीको ‘क्यु’मा हुन्छिन् । उनी ट्याक्सी चालक हुन्, त्यसैले अरु महिलाभन्दा उनको दैनिकी फरक छ । पोखराको सडकमा पुरुष चालकको भीडमा महिला चालक बनेर ट्याक्सी हुइँक्याउँछिन् ।
पर्यटन क्षेत्रले साधारण भरियालाई मालिक बनाउन सक्छ अनि सर्वसाधारणलाई उद्योगी । यसकै एक उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको गुम्बा गाविसमा जन्मेका ४२ वर्षीय सोनाम शेर्पा ।
सामान्य किसानी परिवारमा जन्मेर अरुको घरमा गोठालो बसी हुर्र्किएका सोनाम यतिबेला पर्यटन व्यवसायी तथा समाजसेवी भनेर चिनिएका छन् ।
सबै कुराको भाउ बढ्यो, मिटरको भाउ बढेन । मिटर पनि बढाएन । समितिले तोकेरै चलाउने भनेर त्यसरी चलाएको छ । हरेक सामानको सामान बढे पनि ट्याक्सीको भाडा समायोजन भएन । त्यही भएर हामिले मिटरमा ट्याक्सी लगाउन सकेनौं ।
बिहान तीन बजे उठेर उनी सधैँजसो मकै लिन कालीमाटी पुग्छिन् । त्यहाँबाट फर्केर उनी बानेश्वरको तरकारी बजारमा गएर तरकारी लिन पुग्छिन् । भीमसेनगोला चोकको पोलनेर गाडामा बिहान ७ बजेबाट तरकारी बेच्न थाल्छिन् ।
दुःख त छ । घरी यहाँ रोक्नु हुँदैन भन्छ घरी उहाँ । फेरि ट्राफिकले नै भनेको ठाउँमा रोक्दा पनि ‘नो पार्किङ’ भनेर कराउँछ । ठेगानै हुँदैन । त्यसमाथि पेसेन्जरले पनि कचकच गर्छन् । उनीहरूले भनेको ठाउँमा रोकेन भने टेम्पोबाट नै हाम फाल्न खोज्छन् । समयमा कहीँ पुग्न पाउँदैन, जामै जामै ।
सारङ्गीको धुनमा आधुनिक गीत गाउँदै थिए– शरण गन्धर्व र कमल गन्धर्व । पूख्र्यौली पेसालाई निरन्तरता दिन ४० वर्षिय शरण र ४२ वर्षिय कमल गीत गाउँदै ठाउँ–ठाउँ डुल्ने गर्छन् । उनीहरुले गीत गाएर हिँडेको १३/१४ वर्ष भइसक्यो ।
‘हेर्दा सजिलो देखिन्छ । तर गर्न निकै गाह्रो छ,’ विगत २२ वर्षदेखि थान्का लेख्ने काममा अनुभव लिएका ३८ वर्षिय राकेश तामाङले भने । घरको आर्थिक अवस्था कमजोर भएकाले उनले कक्षा ७ सम्म मात्रै पढे ।
शिरमा ढाका टोपी । पछाडि कालो ब्याग । देब्रे हातमा नेपालका स–साना झण्डा, किरिङ, नेलकटरको झुप्पा । दाहिनेमा झोलासहित क्यालकुलेटर, काठबाट बनेको नेपालको नक्सा । झ्वाट्ट हेर्दा सामानैसामानमा पुरिएका थिए, ४६ वर्षीय कृष्ण दाहाल ।
साँझपख फुटपाथमा लुगा, जुत्तादेखि थरी–थरीका सामानको ठूलो बजार लाग्छ, नयाँ बानेश्वर चोकमा । मान्छे र गाडीको चहलपहल भएको चोककै पोलनिर कुचुक्क पलेटी कसेर बसेकी हुन्छिन्, ६७ वर्षीया राधिका पन्त ।