सात रङबाट हजारौं

आइतबार, २१ जेठ २०७४, ०१ : ११ शुक्रवार , Kathmandu
सात रङबाट हजारौं

–रचना श्रेष्ठ
‘हेर्दा सजिलो देखिन्छ । तर गर्न निकै गाह्रो छ,’ विगत २२ वर्षदेखि थान्का लेख्ने काममा अनुभव लिएका ३८ वर्षिय राकेश तामाङले भने ।
घरको आर्थिक अवस्था कमजोर भएकाले उनले कक्षा ७ सम्म मात्रै पढे । सानो उमेरमै पढाइलाई त्याग्नुपरेको नमीठो अुनभव सुनाए । उनको गाउँ रसुवा जिल्लामा पर्छ । सानै उमेरमा बाबुले छाडेर गएपछि जीवनमा पढ्ने कुराको उनले कल्पना पनि गर्न पाएनन् । उनलाई ठूलो चोट प¥र्यो । उनको साहारा भनेकै आमा र बहिनी भए । सानै उमेरमा उनी काठमाडौं आइ संघर्ष गर्न थाले ।  ‘सम्बन्धमा पर्ने एक जना मामाले तिमीले आर्ट गर्न सक्छौ भनेर हौसल दिनुभयो,’ तामाङ भन्छन्,‘ हुन्छ भनेर पेन्सिल आर्ट गर्न थालेँ ।’ त्यहीँबाट उनमा आर्ट गर्ने रस बसेको सुनाउँछन् ।
सुरुमा उनले थान्का सम्बन्धि आकाश–भुइँ र बादल कोर्ने काम सिके । भन्छन्,’ धेरै गाह्रो हुन्थ्यो, धैर्य नभएर छोडिदिएँ ।’ त्यसपछिका अन्य दिनमा घर बनाउने, झोला बुन्ने काममा उनले हात हाले । तर त्यो पनि लामो समय फापेन उनलाई । २ महिनासम्म फिरन्ते काम गरे । ‘फेरि त्यही मामाले काम गर्छौ सात सय दिन्छु भनेर बोलाउनुभयो, हुन्छ भनेर फेरि सिक्न गएँ,’ उनले भने । बिहान र बेलुकी उनले फेरि थान्का लेख्ने काम गर्न थाले । त्यहाँ पनि उनलाई त्यति सहज थिएन । सिक्ने ठाउँमा उनले भाँडा माँझ्नुपथ्र्यो, घर सफासुगर गर्नुपथ्र्यो । ‘जीवनमा मैले खाएको पहिलो तलब नै सात सय थियो,’ विगत सम्झिँदै उनी भन्छन्,‘त्यो बेला सात सय भनेको पनि मेरा लागि ठूलै पैसा थियो ।’ ‘त्यति पैसामा कोठाभाडा, खान, लगाउन टार्नुपथ्र्यो ।’
त्यसपछि थुप्रै मान्धयमबाट उनले हजार/पन्ध्रसयको काम गर्न थाले । थान्कामा डिजाइन गरिने फूल, पानी, बादल पनि सिक्दै गए ।  पछि आफैंले ठेक्कामा थान्का लेख्ने काम सुरु गरे । उनी अहिले स्वयम्बूस्थित डल्लु चौतारामा बस्छन् । रसुवामा उनको आमा बस्छिन् । यता उनको दुई सन्तान र श्रीमती गरी चार परिवार बस्छन् । आफू बसेकै ठाउँमा उनले थान्का व्यवसाय चलाएका छन् । थान्का लेख्न चाहनेलाई पनि सिकाउने गर्छन् । ‘यहाँ बढीजसो कलेज पढ्ने विद्यार्थी आएर ८ घण्टा जति सिक्छन्,’ उनले भने । थान्का लेखेरै उनले छोराछोरी पढाए । र, आफ्नो जीवनशैलीलाई उकासे ।

०००
बाँच्नका लागि परिश्रम गर्नैपर्छ भन्ने चिन्तन उनमा छ । थान्का लेख्ने खुबी हो । त्यही खुबीलाई उनले आर्यस्रोतको माध्यम बनाएका छन् । अडर अनुसार उनले थान्का लेख्ने काम गर्छन् ।
मोर्डन आर्ट र थान्का लेख्ने काममा आकाश जमिनको फरक रहको  उनले बताए । ‘छायाँ र मान्छेको दृश्य आउने बित्तिकै आर्ट बिनिहाल्छ, तर थान्कामा त्यस्तो हुँदैन,’ उनले सोझै भने,’ यो त ऐतिहासिकमा जस्तो थियो दुरुस्त त्यस्तै हुनुपर्छ ।’ शरीरको बनोटदेखि रङ भर्ने काटीकुटी मिल्नुपर्छ । पछाडिको डिजाइन चाँहि आफ्नै खुशी रहेको उनको भनाइ छ । ‘अडर आउँछन् त्यही अनुसारले बनाउने हो,’ उनले भने । त्यसैले पनि यो थान्का लेख्ने काम गाह्रो नै रहेको उनी बताउँछन् ।
०००
थान्कामा बुद्धका चित्रहरु बढी कोरिन्छन् । हेर्दा सबै उस्तै देखिने हुन्छ । २२ वर्षको अनुभवमा तामाङले प्रायजसो बुद्धका चित्रहरु लेखिसकेका छन् । उनलाई थान्कामा लोकेश्वर देवताको चित्र लेख्न गाह्रो हुने बताउँछन् । भन्छन्,‘हजारवटा हात हुन्छ । एघारवटा टाउको हुन्छ  । र, हजारवटै हातमा आँखा हुन्छन् । त्यो निकाल्न हम्मेहम्मे नै पर्छ ।’ त्यस्तै चुनौती पनि उत्तिकै रहेको उनको अनुभव छ । ‘थान्का लेखेर जानेर मात्रै काम छैन । ढिलो हुनुहुँदैन । छिटो गर्नुपर्ने काम पनि हो,’ उनले भने । छिटोमा सानो साइजको थान्का लेख्न ५ दिन लाग्ने तमाङ बताउँछन् ।
तर थान्का लेखेर पनि जीवन मजाले चलाउन सकिने अनुभव उनले सुनाए । ‘आम्दानी पनि राम्रै हुन्छ । महिनामा ५०÷६० हजारसम्म कमाइ हुन्छ,’ उनी भन्छन्,‘ हातको सिप जानेपछि कसैको कब्जामा बस्नुपर्दैन ।’ ‘नाफा खाए नि आफैं घाटा बेहोर्नु परे नि आफैं,’ उनले भने ।  
सूतिको कपडा, फ्रेम, बुरुस, सुन, रङ थान्का बनाउन प्रयोग गरिने सामग्री हुन् । सात रङबाट हजारौ खालका रङ निकाल्ने खुबी उनमा छ । सिके जे काम पनिउनी बताउँछन् । मुख्यतः थान्का लेखिसकेपछि डिजाइन दिन टल्काउनुपर्र्छ । त्यसका लागि सुनको प्रयोग गरिन्छ । र, सुन किन्न बढी खर्च लाग्ने उनको भनाइ छ ।  
उनी गुम्बातिर गइरहन्छन् । त्यहाँ मूर्तिका डिजाइन हेरेर उनले थान्कामा उतार्ने ज्ञान लिन्छन् । मूर्ति किन्न नसक्नेले थान्का किन्ने उनी बताउँछन् । थान्का अर्थात् थाङ्नामा लेखेको मूर्ति । यसरी उनले थान्कालाई परिभाषा दिएका छन् । उनका अनुसार अहिले बजारमा कर्मघाती थान्का रहेका छन् । ध्यान गरेर बसेको र आक्रोस भएर मुख निकालेको डिजाइनका थान्का हुने उनको भनाइ छ ।
बजारमा यसको गुणस्तर हेरेर कारोबार हुने उनले बताए । ‘सस्तोमा ५÷६ हजार सम्म पर्न जान्छ,’ उनले भने । जाने ताम नेपालबाट भारत, थाइल्याण्ड, चीन जस्ता अन्य यूरोपियन मुलुकहरुमा जाने गरेको उनी बताउँछन् । ‘कोही गिफ्टका लागि पनि अडर गर्छन्,’उनले भने ।  
थान्कालाई भगवानकै दर्जा दिइन्छ । थुक, खुट्टाको प्रयोग गरेर बनाइने थान्का पछि बनिसकेपछि साँचिकै भगवान जस्तै लाग्ने उनको भनाइ छ । ‘नबनाउन्जेल देवता हुँदैन । पछि बनाइसकेपछि यो देवता नै हो,’उनले भने । उनले ४ फुटसम्मको थान्का लेखेका छन् । सुरु सुरुमा गर्दा उनलाई ह्वाइट तारा (बुद्धको नाम) लेखेको एकदम राम्रो लागेको सुनाए । थोरै समयमा सिकेको यो काम गर्न धैर्यता चाहिने उनले बताए । काठमाडौं जस्तो ठाउँमा परिवार पाल्न काम गर्नैपर्छ । चुप लागेर पनि बस्नु भएन ।
थान्का लेख्ने काममा अनुभव बटुलेका उनलाई सबै गर्न आउँछ । तर अनुुहारको आकार लेख्न नआउने कमजोरी खुलेर भने । थान्का लेख्दा धेरै कुरामा ध्यान दिनुपर्ने उनी बताउँछन् । एकनासको लाइन र दायाँबायाँ हात हल्लाउन नहुने उनको भनाइ छ ।
एक जनाले एउटा थान्का बनाउन परेमा महिना बित्ने उनी बताउँछन् । त्यहीँ उनले सिकाउँछन् पनि । सिक्न र सिकाउन गाह्रो हुने उनी बताउँछन् । रङ कतिको लाने । चित्रको अनुभव आउन नै एक दुई महिना नै लाग्ने उनको भनाइ छ । ‘पहिला सोचेर यसलाई म यस्तो बनाउँछु भन्ने भित्रदेखिनै भावना जागेर आउनुपर्छ,’ उनले भने ।
उनलाई विदेश जाने मौका समेत जुरेको थियो । तर उनी गएनन् । भन्छन्,‘ म आफ्नो श्रम अरुको देशमा गएर किन पोख्ने ?’ उनी निकै आशावादी छन् । भविष्यमा थान्का लेखेरै जीवन बिताउने उनको धोको  छ ।
 

 

Leave A Comment