बलिउडकी अभिनेत्री ऐश्वर्या रायका प्रशंसकले उनलाई सामाजिक सञ्जालमा जोडिन अनुरोध गर्दै आएका धेरै वर्ष भयो । मनोरञ्जनमा उद्योगसँग सम्बद्ध हुँदाहुँदै पनि राय सामाजिक सञ्जालबाट टाढै थिइन् । सामाजिक सञ्जालमा उनका पति अभिषेक बच्चन र ससुरा अमिताभ बच्चन निकै लोकप्रिय छन् ।
करिश्मा मानन्धर उमेरले ५० छेउछाउ पुगिसकिन् । केही तोरीलाहुरे फिल्म संघसंस्थाले उनलाई सदाबहार अभिनेत्रीको पदवी पनि दिइसकेका छन् । १६÷१७ वर्षको उमेरदेखि ५० वर्षसम्म निरन्तर उद्योगमा समय बिताउनु चानचुने उपलब्धि होइन तर समय गुजार्दैमा मान्छे परिपक्व हुँदैन भन्ने कुरा पनि करिश्मालाई नै हेरेर थाहा हुन्छ । उनको न बोलीको ठेगान हुन्छ, न लगाउने लुगाको ।
सफल वैवाहिक सम्बन्ध र फिल्मको कारण धेरैले सोच्छन्, अभिनेतृ एमी सुमरको जीवन आनन्दमय छ तर अहिलेको खुसीको अवस्थासम्म आइपुग्न एमीले विगतका धेरै तीता घटनालाई जितेर त्यहाँसम्म पुगेकी हुन् ।
एलिजाबेथ हर्ली ५२ वर्षकी हुँदा पनि उनको सेक्स अपिलमा कुनै कमी आएको छैन । इन्स्टाग्राममा सार्वजनिक उनको पछिल्लो फोटोमा त्यही संकेत गर्छ । उनमा बुढ्यौलीको कुनै संकेत देखिदैन ।
भारतीय अभिनेतृ प्रियंका चोपडा बेलायती राजकुमार ह्यारी र अभिनेतृ मेगन मर्केलको विवाहमा सहभागी हुँदैछिन् । तीन वर्षदेखि मर्केललाई चिन्दै आएकी बलिउडकी देसी गर्ल प्रियंकालाई विवाह समारोहमा सहभागी हुन निम्ता आइसकेको छ । निम्तासँगै टेन्सनसमेत आइलाग्यो ड्रेसको । ह्यारी र मर्केलबीच विवाह गर्न एक महिना पनि बाँकी छैन ।
रियालिटी सो सिम्पल लाइफ सञ्चालन गरेर चर्चामा आएकी पेरिस हिल्टनको जीवन भने त्यति सिम्पल छैन । हालै सार्वजनिक एक डमुमेन्ट्रीमा हिल्टनले सेक्स टेप अनलाइनमा सार्वजनिक गरेको समयमा आफूलाई मर्न मन लागेको बताइन् । बेर्ट मार्कसको वृत्तचित्र ’द अमेरिकन मेमे’मा पेरिस समेटिएकी छन् ।
फिल्म ‘कृ’का प्रचार सामग्री नबाहिरियुञ्जेल अदिती बुढाथोकीको ठूलो नाम थियो । बलिउडका मिडियाले पनि कहिले सन्नी लियोनी त कहिले कोसँग तुलना गर्दै फोटो छाप्ने गरेका कारण अदिती टपकै हिरोइन बन्लिन् भन्ने धेरैको अनुमान थियो । तर जब ‘कृ’ रिलिज भयो, धेरैको यस्तो अपेक्षामा पानी फेरियो ।
केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ले धेरैअघि नै वैशाख १४ लाई प्रदर्शन मिति घोषणा गरेको थियो । प्रियंकाले सोहीअनुसार फिल्मको प्रचार गर्दै आएकी थिइन् । तर, बारम्बार प्रदर्शन मिति सरेको फिल्म ‘ह्याप्पी डेज’ले पनि अरु कतै डेट नै नभएझैँ वैशाख १४ मै आउने निर्णय गर्याे ।
हुन त रेखा थापालाई लामो समयसम्म केही पनि फापेको देखिन्न । हुँदाखाँदाको विवाह त फापेन भने अरु के फापोस् ? तर रेखालाई नफाप्ने लिस्टमा निर्देशक पहिलो नम्बरमा आउँछन् ।
अनियन्त्रित प्रकारको जीवनशैली भए पनि विश्वकै शीर्ष मोडलका रुपमा उनी रहिन् । करिब साढे दुई दसकसम्म मदिरामा लठ्ठिएकी केटले रक्सी छाडेको उनको बहिनीले बताएकी छिन् । मदिराको लत छुटाउन सन् २०१६ मा पुनस्र्थापना केन्द्रमा उनलाई भर्ना गर्नु परेको थियो ।
बलिउडकी अभिनेतृ केट्रिना कैफको नयाँ मैनको मूर्ति न्युयोर्कस्थित म्याडम टुसान्ड्समा सार्वजनिक गरिएको छ । अप्रिल १४ मा सार्वजनिक गरिएको नयाँ मूर्तिमा सितारा जडित लेहेंगा चोलीमा उनलाई देख्न सकिन्छ । सोसल मिडियामा धेरै लाइक र कमेन्ट देखिए पनि कट्रिनाका सबै फ्यानलाई भने यसले आकर्षित गरेको छैन ।
‘बागी २’ को सफलतासँगै चर्चामा रहेकी नायिका दिशा पटानी बलिउड फिल्म उद्योगमा आफ्नो उपस्थिति देखाउन सफल भएकी छन् । भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्रबाट बलिउडबाट डेब्यु गरेदेखि उनले पछि फर्केर हेर्नु परेको छैन ।
चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली चौथो विवाहको तयारीमा रहेको समाचार सार्वजनिक भएको छ । अभिनेता ब्रैण्ड पिटसँग अलग भएपछि यी सुन्दरीको मन एक धनाढ्य बेलायती फ्रिलेन्थापिस्टले चोरेको समाचार सार्वजनिक भएको छ ।
भारतीय अभिनेता साहिद कपुरको सेक्स सिक्रेट खुल्यो । त्यो पनि खुसुक्क कतै हैन लोकप्रिय टेलिभिजन कार्यक्रममा । उनको सेक्स सिक्रेट सार्वजनिक गर्ने पात्र हुन् उनकै श्रीमती मिरा राजपुत ।
नेपालमा कलाकारहरूको अनौठो बानी छ, गल्ती आफू गर्ने तर दोष मिडियालाई दिने । यस्ता कलाकारको लिस्टमा साम्राज्ञी कान्छी सदस्य हुन् । सफलताको उन्मादमा चाहिँदो नचाहिँदो काम गर्छन् अनि जब यसको समाचार बन्छ, पत्रकारलाई समाचार लेख्न नआएको धमास दिन्छन् । साम्राज्ञीले फिल्म ‘तिमीसँग’को ट्रेलर सार्वजनिक कार्यक्रममा यस्तै व्यवहार देखाइन् ।
टेलिभिजनको पर्दामा ‘नागिन’का रुपमा चर्चित मौनी रोयको फोटो सुटले तरंग ल्याइदिएको छ । केही दिन पहिले मौनीले गुलाबी र सेतो रंगका पोसाक लगाएर फोटो सुट गरेकी थिइन् ।
बलिउड अभिनेत्री बु्रना अब्दुल्लाहले टपलेस फोटो सुट गराएर हंगामा मच्चाएकी छन् । फिल्म ‘मस्तीजादे’की अभिनेत्री बु्रनाले टपलेट फोटोलाई इन्स्टाग्राममा पोस्टिदा सनसनी मच्चिएको छ ।
केही साता पहिले आएको फिल्म ‘प्याडम्यान’मा अक्षय कुमारसँगै पर्दामा देखिएकी बलिउड अभिनेत्री राधिका आप्टे फिल्मको सफलता मनाउन पतिसँगै गोवाको समुद्री किनार पुगेकी छन् ।