प्रियंकालाई सकस

आइतबार, १६ बैशाख २०७५, ०२ : ३६ शुक्रवार
प्रियंकालाई सकस

बजारमा उपलब्ध अभिनेत्रीमध्ये सबैभन्दा प्रोफेसनल मानिन्छिन्, प्रियंका कार्की । आफूले काम गरेका फिल्ममा सानो होस् वा ठूलो रोल सकेसम्म प्रचारमा समय छुटाउँछिन् । तर यो हप्ता भने प्रियंकालाई प्रचारमा आपत परेको छ । आफूले अभिनय गरेका दुई फिल्म एकै मितिमा रिलिज हुने भएपछि प्रियंकालाई हुनसम्मको सकस परेको हो । 

केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ले धेरैअघि नै वैशाख १४ लाई प्रदर्शन मिति घोषणा गरेको थियो । प्रियंकाले सोहीअनुसार फिल्मको प्रचार गर्दै आएकी थिइन् । तर, बारम्बार प्रदर्शन मिति सरेको फिल्म ‘ह्याप्पी डेज’ले पनि अरु कतै डेट नै नभएझैँ वैशाख १४ मै आउने निर्णय गर्याे ।

वाइवाइ पकाएभन्दा सजिलो गरी फिल्म बनाउँदै आएका मिलन चाम्सले ‘लिलीबिली’लाई नै सोही मितिमा ल्याउने तयारी गरेका थिए तर हिन्दी फिल्म जुध्ने डरले उनले दुई हप्ताअगाडि आउने निर्णय गरे । तर केकी अधिकारीसँग चाम्सको के दुश्मनी थियो कुन्नी, उनले फेरि अर्को फिल्म सोही मितिमा रिलिज गर्ने घोषणा गरे ।

यसले चाम्सलाई फरक पारोस् नपारोस् तर प्रियंकालाई भने धेरै फरक पारेको छ । एकै दिन रिलिज हुने फिल्ममध्ये कसलाई काखी च्याप्नु ? प्रियंका धर्मसंकटमा छिन् ।

Leave A Comment