प्रचार–प्रसारमा समय दिनु उनीहरुका लागि समयको बर्बादी हो । यस्तो सोच्नेमा आँचल शर्माको पनि नाम आउन थालेको छ । भदौ १ मा रिलिज हुन लागेको फिल्म ‘ब्ल्याक’लाई आँचलले प्रमोसनमा मतलबै गरेकी छैनन् ।
सन्ध्याका फलोअर्स पनि अचम्मका रैछन्, इन्स्टाग्राममा तस्बिर लाइक गर्ने तर फिल्म हेर्न नजाने ! भर्खरै उनले अभिनय गरेको ‘पण्डित बाजेको लौरी’ हलमा चल्यो । वादी महिलाको भूमिकामा उनले गरेको अभिनयको तारिफ नै भयो । तर के गर्नु, फिल्म चल्दिएन ।
केकी अधिकारीलाई खुसी हुन त्यस्तो ठूलो कारण केही चाहिँदैन, स–सानै कुरा पर्याप्त हुन्छ । क्यानेडिन गायक तथा र्यापर ड्रयाकको एउटा गीत अहिले बजारमा भाइरल छ र यसैमा उनी औधी खुसी छिन् ।
आफूले खनेको खाल्डोमा आफैं परियो भने कस्तो महसुस होला ? सायद यो प्रश्नको गतिलो जवाफ अहिले अभिनेत्री केकी अधिकारीसँग मात्र छ । केही समयअघिदेखि उनी सामाजिक सञ्जालमा निरन्तर निष्पक्षताका कुरा उठाइरहेकी छिन् । आफ्ना प्रत्येक पोस्टका पछाडि लेखिरहेकी छिन्, ‘नट फेयर’ ।
फिल्ममा उनलाई ‘सपोर्टिङ’ रोलमा राखिएको हुन्थ्यो तर फिल्म रिलिज भइसकेपछि उनी ‘लिड’को भन्दा बढी तारिफ बटुल्थे । सहयोगी भूमिका पाएका फिल्ममा हलमा चले पनि । एक साताअघि भने जब सलोन एक्लै सोलो अभिनेताका रुपमा फिल्ममा देखिए, फिल्म फ्लप भइदियो ।
स्विमिङ पुलमा स्विमिङ कस्ट्युम लगाएर खिचिएका ती हट तस्बिर सामाजिक सञ्जालमा ‘हटकेक’ बने । इङ्गेजमेन्टलगत्तै प्रियंका झन्झन् बोल्ड किन भइन् ? बजारमा गाइँगुइँ छ, आयुष्मानसँग सम्बन्ध गाँसेपछि पनि आफ्नो बोल्ड छविमा प्रियंका कुनै परिवर्तन ल्याउन चाहँदिनन् ।
‘जय शम्भू’को गीत रिलिज कार्यक्रममा निर्माताको दाँत दुख्यो, निर्देशकलाई निन्द्रा लाग्यो, कोही व्यस्त भएर आउन भ्याएनन्जस्ता बहाना बनाउन थालियो भने कतै फिल्म हलमा प्रदर्शन सुरु हुँदा पनि कुनै दर्शकलाई निद्राले च्याप्ने, कोही अस्वस्थ र कोही व्यस्त हुने भइदियो भने कस्तो होला !
‘नेपालको संस्कारअनुसार झ्याम्मै मुई खाने र अँगालो मार्ने चलन छैन । झन् ५०–६० नाघेकाले त भरसक आफ्नो श्रीमान्बाहेक अरुलाई छुँदा पनि छुँदैनन्,’ उनले फेसबुकमा लेखेकी छन्, ‘यदि अंगालो नमारेकै गुनासो हो भने प्रेसिडेन्टको साटो म नै धित मर्ने गरी अँगालो मारिदिउँला !’
फिल्म साइन गर्ने बेलामा सौगात मल्लको एउटा सर्त हुन्छ, ‘टेलिभिजन अन्तर्वार्तामा नजाने ।’ निर्माताले सोच्छ, टेलिभिजनमा नजाने होला ठीकै छ, तर बाँकी माध्यममा त जाने होला नि ! तर निर्माता त्यतिबेला फ्ल्याँट खान्छ, जब सौगातले अरु अन्तर्वार्तामा पनि उपस्थिति जनाउँदैनन् ।
पद भनेपछि मान्छेलाई आफूले बोलेको कुराको पनि हेक्का हुने रहेनछ । निकिता पौडेलले फेरि एक पटक यही सत्य चरितार्थ गरेकी छन् । अघिल्लो आइतबार चलचित्र विकास बोर्डको अध्यक्ष पद हातबाट चिप्लिएपछि उनले प्रधानमन्त्रीलाई खुला पत्र लेख्दै आफूलाई काम गर्न पद नै नचाहिने ध्वाँस दिएकी थिइन् ।
, ‘रेखा थापालाई कुनै पद चाहिँदैन । म त त्यसै पनि सबैको प्रिय मान्छे हो । म न स्टार हुँ, न मेघास्टार, न महानायिक नै । मभित्र नायक छ । म असल मान्छे हुँ र असल कलाकार मात्रै हुँ । त्योभन्दा बढी मलाई केही कुराले सम्बोधन गर्नुपर्दैन । मलाई दर्शकले सम्बोधन गरिदिए पुग्छ ।’
उनको घमण्ड देखिएको हो, फिल्म ‘ब्ल्याक’को प्रेस मिटमा । यो फिल्मको कार्यक्रममा उनले पत्रकारले किन नयाँ फिल्म साइन नगर्नु भएको भन्ने प्रश्नमा घुमाएर मल्टिस्टार फिल्म ‘शत्रु गते’ खेल्दा खास फाइदा नभएकाले नयाँ फिल्म गर्न सचेत रहेको उत्तर दिएकी थिइन् ।
भदौ २२मै ‘सुश्री सम्पत्ति’ले आउने घोषणा गरिसकेको छ भने जयकिशन बस्नेतले पनि ‘धूम ३’ सोही मितिमा सार्वजनिक गर्ने घोषणा गरिसकेका छन् । अझ पछिल्लो समय पूजाकै जोडी खेलेर चर्चा कमाएका प्रदीप खड्काले पनि ‘रोजी’ सोही मितिमा रिलिज गर्न निर्मातालाई दबाब दिइरहेको बुझिएको छ । अब यसलाई पूजामाथि घेराबन्दी नमानेर के मान्ने ?
उनका प्रशंसकमध्ये कसैले मोटी देखिएको प्रतिक्रिया दिएका थिए त कसैले राम्री देखिएको भने । प्रशंसक मध्येका एक रमेश खड्काले लेखेका छन्, ‘योर बुब्स आर अमेजिङ !’ अनावश्यक कमेन्ट हटाउन सकिने सुविधा भए पनि उनले प्रतिक्रिया त्यत्तिकै छाडेकी छन् ।
पति श्रीकृष्ण श्रेष्ठको मृत्युलगत्तै श्वेताले आफूले जिन्दगीभर बिहे नगर्ने घोषणा गरेकी थिइन् । अहिले श्वेतालाई त्यही घोषणा भारी भएजस्तो लागेको छ । हालै श्वेताले दिएको एउटा अन्तर्वार्तामा आफूले कहिल्यै त्यस्तो नभनेको र अरु कसैले यत्तिकै भनिदिएको बताएकी छन् ।
पछिल्लो समय फेसनेबल डिजाइनका कपडा लगाएर कार्यक्रममा पुग्नु वर्षा शिवाकोटीको विशेषता हुँदैछ । केही दिनअघि ‘भैरे’ फिल्मको ट्रेलरमा उनको पहेँलो पहिरनले पाएको चर्चा नसेलाउँदै, ‘पुरानो बुलेट’को प्रेस मिटमा उनी नयाँ डिजाइनको पहिरनमा देखिइन् ।
उपन्यासकार सुबिनले ‘कायरा’को ट्रेलर रिलिज भएको केही समयमै आफूले सन् २०१७ को अप्रिल १९ का दिन राखेको फेसबुक स्टाटस दुरुस्त राखिएको पाएपछि फेसबुकमै सप्रमाण असन्तुष्टि पोखे । नभन्दै सुबिनको स्टाटस आर्यनले आफैँ एक शब्द तलमाथि नगरी बोलेका छन् ।