एन्जेलिनाको मन चोरियो

आइतबार, १८ चैत २०७४, ०१ : ५० शुक्रवार
एन्जेलिनाको मन चोरियो

चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली चौथो विवाहको तयारीमा रहेको समाचार सार्वजनिक भएको छ । अभिनेता ब्रैण्ड पिटसँग अलग भएपछि यी सुन्दरीको मन एक धनाढ्य बेलायती फ्रिलेन्थापिस्टले चोरेको समाचार सार्वजनिक भएको छ । 

पिटसँग अलग्गै बस्दै आए पनि यी दुवैबीच डिभोर्सको प्रक्रिया पूरा भएको छैन । लाइफ एन्ड स्टाइल म्याग्जिनका अनुसार उनी डिभोर्सको प्रक्रिया पूरा गरेर नयाँ सम्बन्धमा जोडिन आतुर छिन् । 

सन् २०१६ मा ब्रान्ड र जोलीको १२ वर्षको सम्बन्ध टुटेको थियो । दुवैका ६ जना बच्चा छन् ।  म्याग्जिनका अनुसार यी दुवैको परिचय जज क्लुनिकी श्रीमती अमाल क्लुनीले गराएकी थिइन् । दुवैको बानीव्यहोरा आपसमा धेरै मेल खाने गरेको र दुवैबीच राम्रो तालमेल रहेकाले चाँडै औपचारिकरूपमै सम्बन्ध जोडिने आँकलन गरिएको छ । उनले बच्चासहित नयाँ श्रीमान्सँग लन्डनमा बस्ने तयारी गरिसकेकी छिन् ।

Leave A Comment