दिशाको चलाखी

आइतबार, ०९ बैशाख २०७५, ०१ : ४३ शुक्रवार
दिशाको चलाखी

‘बागी २’ को सफलतासँगै चर्चामा रहेकी नायिका दिशा पटानी बलिउड फिल्म उद्योगमा आफ्नो उपस्थिति देखाउन सफल भएकी छन् । भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्रबाट बलिउडबाट डेब्यु गरेदेखि उनले पछि फर्केर हेर्नु परेको छैन । उनले समय–समयमा सामाजिक सञ्जालहरुमा आकर्षक फोटोहरु सार्वजनिक गर्दै फ्यानको प्रशंसा बटुल्दै आएकी थिइन् । यसको उद्देश्य भने फिल्मी भूमिकामा देखिएको इमेज परिवर्तन गर्ने कोसिस थियो । त्यसो त दिशा ‘बागी २’ का नायक टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि समाचारको विषय बनेकी थिइन् । दुवैले यसलाई अस्वीकार गरे पनि समय–समयमा लञ्च र डिनरमा सँगै भेटिने गरेका छन् । उनको नाम अन्यसँग पनि जोडिँदैआएको छ । 

Leave A Comment