सृष्टिलाई दोस्रोले तनाव

बुधबार, ०७ चैत २०७४, ०५ : २७ शुक्रवार
सृष्टिलाई दोस्रोले तनाव

अनमोल केसीको अपोजिटमा डेब्यु गर्दा सृष्टि श्रेष्ठले उद्योगमा राम्रै हाइप पाएकी थिइन् । पूर्व मिस नेपाल भएको र बलिउडमा एउटा भिडियोसमेत गरेका कारण पनि दर्शक उनलाई हेर्न आतुर थिए । ‘गाजलु’ले दर्शकको सृष्टि प्रतिको अपेक्षा गलत पनि साबित गरेन तर त्यसयता दर्शकले सृष्टिलाई देख्न नपाएको दुई वर्षभन्दा बढी भइसक्यो । दर्शकले सृष्टिलाई दोस्रो फिल्ममा कहिले हेर्न पाउने टुंगो छैन ।

सृष्टिले ‘गाजलु’पछि दोस्रो फिल्मको रुपमा ‘रोमियो एन्ड मुना’मा अभिनय गरेकी थिइन् । तर, दुई दुई पटक प्रदर्शन मिति घोषणा गरेको फिल्मले अझै हलमा आउने मिति तय गर्न सकेको छैन । यही बीचमा उनले ‘बाँधमाया’ शीर्षकको तेस्रो फिल्मको पनि सुटिङ सकाइसकेकी छन् तर यो फिल्म पनि कहिले रिलिज हुने हो, टुंगो छैन ।

सामान्यतः मान्छेलाई पहिलो फिल्म पाउन गाह्रो हुन्छ तर सृष्टिलाई त पहिलो होइन दोस्रोले तनाव दिएको छ ।
 

Leave A Comment