पत्रकारलाई साम्राज्ञीको खप्की

बुधबार, ०७ चैत २०७४, ०५ : २३ शुक्रवार
पत्रकारलाई साम्राज्ञीको खप्की


नेपालमा कलाकारहरूको अनौठो बानी छ, गल्ती आफू गर्ने तर दोष मिडियालाई दिने । यस्ता कलाकारको लिस्टमा साम्राज्ञी कान्छी सदस्य हुन् । सफलताको उन्मादमा चाहिँदो नचाहिँदो काम गर्छन् अनि जब यसको समाचार बन्छ, पत्रकारलाई समाचार लेख्न नआएको धमास दिन्छन् । साम्राज्ञीले फिल्म ‘तिमीसँग’को ट्रेलर सार्वजनिक कार्यक्रममा यस्तै व्यवहार देखाइन् ।

वर्षभरि नै नेपालका मनोरञ्जन समाचार साम्राज्ञीका अनौठा अनौठा भनाइ र गराइले भरिए । यस्ता थुप्रै गतिविधिमध्ये ‘गाउँले फिल्म गर्दिन’ भनेको र ‘वक्षस्थल’को ट्याटु काण्डले बढी स्थान पाए । उनले बेलायतको भिषा पाएको नपाएको कुरा पनि मिडियाको कम चासोमा परेन । तर, जब पत्रकारलाई यस्ता कुराको स्पष्टीकरण दिने अवस्था थियो, साम्राज्ञीले यी विषयमा बोल्नै इन्कार गरिदिइन् । उनले पत्रकारको प्रश्नको जवाफ दिनुको साटो झर्कंदै ‘हामी फिल्मको कार्यक्रममा आएको, फिल्मको कुरा गरौं न’ भन्दै पत्रकारलाई तेवर देखाइन् । यति मात्र होइन उनले पत्रकारले समाचार लेख्न नजानेको समेत बताउँदै विचार गरेर मात्र समाचार लेख्न चुनौती दिइन् ।

पत्रकारले त त्यही लेख्ने हो, जे कलाकारले गर्ने गर्छन् । यस्तो अवस्थामा बुझ्ने कलाकारले कि पत्रकारले ? साम्राज्ञीलाई हाम्रो सुझाव छ, पत्रकारलाई समाचार लेख्न सिकाउनुको साटो, आफ्नै आचरण ठीक ठाउँमा राखे राम्रो होला कि !
 

Leave A Comment