नेहाले खुलाइन् शाहिदको सेक्स सिक्रेट

आइतबार, १८ चैत २०७४, ०१ : ४६ शुक्रवार
नेहाले खुलाइन् शाहिदको सेक्स सिक्रेट

भारतीय अभिनेता साहिद कपुरको सेक्स सिक्रेट खुल्यो । त्यो पनि खुसुक्क कतै हैन लोकप्रिय टेलिभिजन कार्यक्रममा । उनको सेक्स सिक्रेट सार्वजनिक गर्ने पात्र हुन् उनकै श्रीमती  मिरा राजपुत ।

नेहा धुपियाले सञ्चालन गर्ने लोकप्रिय टेलिभिजन कार्यक्रम ‘बोग विएफएफमा साहिद श्रीमती मिरासँगै सहभागी थिए । कार्यक्रमको स्केरी स्पाइस राउन्डअन्तर्गत नेहाले साहिदतिर हेरेर प्रश्न सोधिन्, ‘तिमीलाई मन पर्ने सेक्स पोजिसन के हो ?’ उनी अवाक भए । नेहा रोकिइनन् । उनले यही प्रश्न साहिदकी श्रीमती मिरालाई सोधिहालिन् । 

फिल्म स्टारको सेक्स लाइफ सार्वजनिक हुँदा भाइरल हुने साहिद जानकार थिए नै । उनले श्रीमती मिरालाई रोक्न खोजे तर सकेनन् । मिराले मुख खोलिहालिन्, ‘बेडमा उहाँ नै हावी हुनुहुन्छ । जे–जे गर भन्ने हो म त्यही गर्छु ।’ श्रीमतीको जवाफ सुनेर साहिद रोतोपिरो भए । बेडमा श्रीमतीलाई कन्ट्रोल गरे पनि टेलिभिजन कार्यक्रममा भने उनले कन्ट्रोल गर्न सकेनन् ।
 

Leave A Comment