कट्रिना बनिन् मैनमूर्ति

सोमबार, १० बैशाख २०७५, ०१ : १२ शुक्रवार
कट्रिना बनिन् मैनमूर्ति

बलिउडकी अभिनेतृ केट्रिना कैफको नयाँ मैनको मूर्ति न्युयोर्कस्थित म्याडम टुसान्ड्समा सार्वजनिक गरिएको छ । अप्रिल १४ मा सार्वजनिक गरिएको नयाँ मूर्तिमा सितारा जडित लेहेंगा चोलीमा उनलाई देख्न सकिन्छ । सोसल मिडियामा धेरै लाइक र कमेन्ट देखिए पनि कट्रिनाका सबै फ्यानलाई भने यसले आकर्षित गरेको छैन । फ्यानहरुले ओठ र नाक कट्रिनाको जस्तो नभएको टिप्पणी गरेका छन् । अर्कोले भने कट्रिनाको सुन्दरतालाई मूर्तिमा प्रतिविम्बित गर्न नसकिने बताएका छन् । ‘यो त्यति राम्रो छैन, यसभन्दा बढी राम्री उनी छिन्,’ एक फ्यानको प्रतिक्रिया छ ।
न्युयोर्कको यस संग्रहालयमा जेनिफर एनिस्टन, लियोनार्दो डिकाप्रियो, एन्जेलिना जोली, लियोनेल मेसीसँगै कट्रिनालाई पनि देख्न सकिन्छ । 

Leave A Comment