फिल्म निर्देशक पौडेलले कार्यक्रममा आफ्नो फिल्ममार्फत स्वस्तिमाको नयाँ जन्म हुने ठोकुवा गरे । स्वस्तिमाले पनि पौडेलको होमा हो मिलाउँदै फिल्म क्षेत्रमा आफूलाई नयाँ जन्म दिने फिल्म यही भएको भनिदिइन् । हुन गम्भीर किसिमको चरित्र अहिलेसम्म पाएकी पनि थिइनन् । उनी अभिनयभन्दा पनि निर्देशक पतिको भरमा टिकेकी भन्ने आलोचना गर्नेहरु पनि छन् । यस फिल्मबाट उनले साँच्चिकै अभिनय देखाउन सकिन् भने नयाँ जन्मको दाबी मिल्न पनि सक्छ !
अनमोल केसी अभिनयभन्दा पैसाका कारण बढी चर्चामा आउँछन् । कहिले नेपाली फिल्मको पुरै बजेट जत्तिको उनको पारिश्रमिक हुन्छ त कहिले उनी अभिनित ठिकठिकै फिल्मले बबालै कमायो भन्दै चर्चामा आउँछन् । जति फाइँफुट्टी लगाए पनि आखिरमा खुट्टी देखेर चाल पाइहालिन्छ फन्डा र यथार्थ ।
’ पछिल्लो समय दयाहाङ राईलाई दोस्रो राजेश हमाल भएको टिप्पणी थियो । नभन्दै अघिल्लो साल उनका सात वटा फिल्म रिलिज भएका थिए । यसरी बग्रेल्ती फिल्म गर्नुको पछाडि उनले पारिवारिक कारण बताउने गरेका थिए तर सोमबार फिल्म ‘भैरे’को ट्रेलर सार्वजनिक कार्यक्रममा अबदेखि कम फिल्ममा देखिने वाचा गरे । उनले आफ्ना बारेमा हुने टिप्पणीप्रति सजग भएको र यो वर्षदेखि छानेर मात्र फिल्म खेल्ने बताए ।
यो साल पनि स्वस्तिमाको फिल्मलाइन कमजोर छैन । ‘नाइँ नभन्नू ल ५’ र ‘जय भोले’जस्ता ठूलो ब्यानरका फिल्म रिलिजको क्रममा छन् । तर योसँगै धेरैले स्वस्तिमा घमण्डी भएको टिप्पणी गर्न थालेका छन् ।
फिगर मात्रै हैन आत्मविश्वास पनि निक्कै बोल्ड रहेको नायिका नम्रता श्रेष्ठ जेठमा ३१ वर्षमा टेकिन् तर उनको लुक्स भने अझै उस्तै दामी छ । व्यक्तिगत गोपनीयता ओपन भएसँगै केही समस्यामा परे पनि हतास नभई अगाडि बढिरहेकी उनले आफ्नो ३१ औं जन्मदिन परिवारका सदस्यसँग घरमै मनाइन् ।
अधिकांशले साम्राज्ञीको तस्बिरलाई स्विट, हट, लाइक अ क्विन भन्दै कमेन्ट गर्ने गरेका छन् । तर सधै राम्रा कमेन्ट मात्र कहाँ आउँछ र । यसै साता उनले फेसबुकमा पोस्ट गरेको इनोसेन्ट फेसवाला तस्बिरबारे प्रतिक्रिया दिनेक्रममा एक प्रशंसकले लेखेका छन् ‘कस्तो बोक्सीजस्तो हो ।’
कार्यक्रम फिल्म प्रमोसनको शुभ होस् भनेर राखिएको थियो जहाँ ट्रेलरसमेत सार्वजनिक गरियो । रङहरुमा पहेँलोलाई त्यत्ति शुभ रङ मानिन्न । पूजाआजामा केशरी रङ त्यत्ति चल्दैन । पितृलाई खुसी पार्न भने यही रङ चाहिन्छ । कतै उनको रङको प्रभाव फिल्ममा पर्ने त हैन ?
फिल्मकी निर्मातामध्येकी एक ऋचा शर्माले प्रिमियर सोमा फिल्मको सिक्वेल बन्ने घोषणा गरेकी थिइन् । संयोग के छ भने यो फिल्म पनि शुक्रबार, शनिबार ठीकै चले पनि आइतबारबाट चलेको छैन । अनि फ्लप भएको ‘मुखौटा’को सिक्वेल नबनेको इतिहास साक्षी हुँदाहुँदै ‘सुनकेसरी’को सिक्वेल बन्ने कुरा गफ मात्र हैन भनेर कसरी बुझ्ने ?
आखिर अरु निर्माताका फिल्म नै नगर्ने हो भने श्वेताले औपचारिक रुपमै घोषणा गरे भयो नि, म आफूले बनाएका फिल्ममा भन्दा बाहिर अभिनय गर्दिनँ । निर्मातालाई पनि सजिलो, तपाईंलाई पनि सजिलो हैन र ?
सुपर मोडल मिरान्दा केरले स्यानच्याटमा प्रमुख कार्यकारी अधिकृत इभान स्पिइगलसँग विवाह गरेकी छिन् । विवाह कार्यक्रममा इभानको लस एन्जलसस्थिन घरमा भएको पिपुल डट कमले जनाएको छ ।
बेलायती अभिनेतृ तथा मोडल केली ब्रुकले प्रेमी जेरेमी पारिसीको जन्मदिनमा आफूलाई टपमा प्रस्तुत गरेकी छिन् । अर्धनग्न उनले प्रेमीलाई अंगालेकी छिन् । शरीरभरी बालुवा रहेको उनको पिठ््युसम्म आइपुगेको खैरो कपालले फोटोलाई आकर्षक बनाएको छ ।
रजनिकान्तको बहुप्रतिक्षित तमिल फिल्म कालाको पोस्टर सार्वजनिक भएको छ । रजनिकान्तसँग अभिनय गरेको बलिउडको अभिनेतृ हुमा कुरेसीले इन्टाग्राममा फिल्मको पोस्टर सार्वजनिक गरेकी छिन् । सो फिल्ममा हुमाले ४५ वर्षे महिला जरीनाको भूमिकामा रहेको बताइएको छ ।
सार्वजनिक हुन लागेको फिल्म भिरे डि विडिङमा अल्ट्रा ग्लामरस भूमिका निभाएकी अभिनेतृ स्वरा भास्करले विषयवस्तुमा सम्झौता गरिएको व्यवसायीक फिल्म नखेल्ने बताएकी छिन् ।
यस पटकको क्यान्स फिल्म फेस्टिभलमा अभिनेत्री एसिया अर्जेन्टोले सबैलाई चकित पारिदिइन् । के भयो भने उनले हार्भे विन्स्टिनले आफूलाई क्यान्स महोत्सवमा सहभागी हुन बोलाएर यहीँको होटलमा राति जबरजस्ती बलात्कार गरेको भाषणमा बताइदिइन् । भाषण सुन्ने सबै चकित भए ।
गएको साताभरि बेलायती राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्केलको शाही बिहेको चर्चा शिखरमा रह्यो । भारतीय मिडियामा भने चर्चा अभिनेत्री प्रियंका चोपडाको हाई हिलको भयो ।
अश्लील चलचित्रकी अभिनेतृ स्टर्मी ड्यानियल भन्नेबित्तिकै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम जोडिन थालेको केही समय बितिसक्यो तर ट्रम्पलाई यसरी जोडेको राम्रो लाग्दैन । ३९ वर्षीया स्टर्मी र ७१ वर्षीय ट्रम्पबीच एक दसक पुरानो अफेयर्स यतिबेला यति धेरै मच्चिएको छ कि विश्वभरका सञ्चार माध्यमका लागि यो अहिले राम्रो मसला बनिरहेको छ ।
यसपटक सुपर मोडल तथा रियालिटी स्टार २२ वर्षीया केन्दल जेनेर चर्चामा रहिन् । क्यान्स फिल्म फेस्टिभलमा उनले लगाएको पारदर्शी पोसाक समाचारको हट टपिक्स बन्यो ।