भारतमा धेरै युवाको ढुकढुकी बनेकी प्रतिभाशाली एवं सुन्दर अभिनेत्री हुन् प्रियंका चोपडा । अमेरिकी सिरियल ‘क्वानटीको’ र हलिउड फिल्म खेलेकी उै प्रियंका ‘सबैभन्दा कामुक एसियाली महिला’को अग्रपंक्तिमा छाएकी छन् । लण्डनमा रहेको एक ट्याबलोइडले गरेको सर्भेबाट प्रियंका सबैभन्दा कामुक एसियाली महिला घोषित भएकी हुन् । सन् २०१६ मा सबैभन्दा कामुकको सूचिमा रहेकी दिपिका पादुकोणलाई यसपाली उनले उछिनेकी छन् । प्रियंका अग्रपंक्तिमा आएसँगै दिपिका भने तेस्रो नम्बरमा परेकी छन् ।
दीपिका पादुकोण पछिल्लो समयकी लोकप्रिय अभिनेत्री हुन् । सुन्दर रुपकी धनी एवं प्रतिभाशाली उनले गत जनवरीमा हलिउड फिल्म ‘त्रिपल एक्सः रिर्टन अफ द जान्डर केज’मा आफ्नो अभिनय कौशल प्रस्तुत गरेसँगै उनको वाहवाही भारतमा मात्रै नभएर अन्य मुलुकमा समेत छाएको छ । सन् २००७ मा शाहरुख खानसँग ‘ओम शान्ति ओम’बाट बलिउड डेब्यु गरेकी पादुकोणले बलिउडमा दस वर्ष पूरा गरिसकेकी छन् ।
बेलायती राजकुमार ह्यारी र मोडेल तथा अभिनेत्री मेगन मर्केलको इन्गेजमेन्ट भएको छ । केही समयमै विवाह बन्धनमा बाँधिन लागेका उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा थिए । राजपरिवारको स्रोतका अनुसार उनीहरुले यही महिनाको सुरुवाततिर लन्डनमा इन्गेजमेन्ट गरेका हुन् । यसबारेमा ह्यारीले आमा र आफन्तजनहरुलाई समेत बताएका छन् । अझ उनले मेगनको परिवारका तर्फबाट आशीषसमेत लिइसकेका छन् ।
केही पहिले सन्तान लाभ गरेकी करिना कपुर खान झन् सुन्दर हुँदै आइरहेकी छन् । छोरा तैमुरलाई जन्म दिएकी उनी तन्दुरुस्त हुनुको राज नै जिम धाउनु हो । दिन नबिराई जिम धाउने उनी बच्चा पाएकीजस्ती देखिँदैनन् पनि । शरीर मेन्टेन गर्न खप्पिस उनै करिनाले आफ्ना मिल्ने साथी फेसन डिजाइनर मनिष मल्होत्राको र्याम्प सोमा बुलन्द प्रस्तुति दिएर सबैको मन जितेकी छन् । केन्यामा आयोजित र्याम्पमा उनी फेसनेबल लेहेँगामा सजिएकी थिइन् ।
गत आइतबार लास भेगासमा आयोजना गरिएको वार्षिक रुपमा आयोजना हुने मिस युनिभर्स समारोहले नयाँ मिस युनिभर्स छानेको छ । ९२ प्रतिस्पर्धीलाई उछिन्दै मिस साउथ अफ्रिका डेमी लेइघनेल पिटर्स्ले यस वर्षको मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् । २२ वर्षकी डेमी बिजनेस म्यानेजमेन्टकी डिग्री होल्डर हुन् । मिस युनिभर्सको ताज पाएसँगै डेमीलाई एक वर्षसम्म वार्षिक तलब र न्युयोर्क सिटीमा अपार्टमेन्टसँगै अन्य सेवा सुविधा दिइनेछ ।
करण जोहरले केही दिन पहिले श्रीदेवी पुत्री जान्भी कपुरको पहिलो फिल्म ‘धडक’को पोस्टर सार्वजनिक गरेका थिए । ‘हम्प्टी शर्माकी दुल्हनिया’ र ‘बद्रीनाथकी दुल्हनिया’ निर्देशन गरेर चर्चामा आएका सशांक खेतानले यो फिल्म निर्देशन गर्नेछन् । फिल्ममा जान्भीको अपोजिट शाहिद कपुरका भाइ ईशान खट्टर देखापर्नेछन् । सार्वजनिक फिल्मको पोस्टरमा इशान र जान्भी निकै खुलेका छन् ।
गएको महिना हार्भे विन्स्टिनमाथि हलिउडका प्रख्यात अभिनेत्रीहरुले आफूमाथि यौन शोषण भएको आरोप लगाएपछि हलिउडका शक्तिशाली निर्माताले कसरी आफ्नो पदको दुरुपयोग गर्छन् भन्ने खुलस्त पारेको थियो । त्यससँगै हलिउड हल्लाउने अन्य यौन काण्ड पनि चर्चामा आएका थिए । हुन त हलिउड होस् या बलिउड कास्टिङ काउच, नयाँ अभिनेत्रीहरुमाथि हुने यौन शोषण कुनै नयाँ कथा हुँदै होइन ।
अमेरिकी अभिनेत्री तथा गायिका म्याडोनाका वैंसका फोटोहरु लिलामीमा राखिने भएको छ । १८ वर्षको उमेरमा खिचाइएका उनका सनसनीपूर्ण एवं कामुक न्यूड तस्बिरहरु नगेटिभसहित पूर्ण सर्वाधिकार हुनेगरि लिलामीमा राखिन लागेको हो । आठ हजार देखि बाह्र हजार डलरबाट सुरु हुने उनका एक सय आठ तस्बिर छिट्टै लिलामीमा राखिन लागेको हलिउड सञ्चारमाध्यमले लेखेका छन् ।
युवापुस्तामाझ निकै लोकप्रिय हलिउड गायिका एवं अभिनेत्री सेलेना गोमेज ‘एएमए रेड कार्पेट’का लागि केहीदिन अघि कपाल छोट्यार बोलोन्डे अवतारमा प्रस्तुत हुँदा प्रशंसकहरु चकित हुनु नौलो कुरो थिएन । तर उनको बोलोन्डे अवतारलाई उनका प्रेमी जस्टिन बिबरले समेत प्रशंसा गरेका छन् ।
बलिउडकी हट बाला मलाइका अरोडाले कामुक पोल डान्स प्रस्तुत गरेर उमेर मात्र अंकको खेल रहेको कुरालाई छर्लंग पारिदिएकी छन् । पछिल्लो समय एमटिमी इन्डियाको ‘नेक्स्ट टप मोडेल्स’की जज रेहकी उनले प्रतियोगीहरुलाई प्रेरणा स्वरुप पोल डान्स प्रस्तुत गरेकी थिइन् । प्रतियोगी मोडेलहरुले पोल डान्स प्रस्तुत गरेपनि मलाइकाको पोल डान्सले सबैलाई मात खुवाइदिएको छ ।
हलिउड अभिनेत्री एरियल विन्टर निकै नै हट अवतारमा प्रस्तुत भएकी छन् । केही दिन अघि इन्स्टाग्राममा उनले पोस्टेको हट फोटोले निकै गर्मागर्मी समेत फैलाएको छ । ब्राबिना कालो ब्लाउजमा सजिएकी उनलाई निकै सेक्सी देखिएको छ । १९ वर्षे एरियलको उक्त फोटो आजसम्मकै हट रहेको टिकाटिप्पणी हलिउडमा छाएको छ ।
ग्लोबल क्विन प्रिंयका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छन् । प्रिंयकाले पछिल्लो समय आफ्ना सुन्दर सेल्फी पोस्टेर प्रशंसकहरुलाई ट्रिट गर्दै आइरहेकी थिइन् । तर केही दिन अघि मात्र उनले सनसनीपूर्ण तस्बिर पोस्टेर एकपटक फेरि समाचारहरुमा छाएकी छन् । कोलाज तस्बिरमा उनले आफ्नो काटिएको कपालको तस्बिर पोस्टेकी छन् ।
भारतको हरियाणाकी मानुषी चिल्लरले मिस वल्र्डको ताज पहिरिएसँगै सत्र वर्षपछि मिस वल्र्डको पगरी भारत ल्याएकी छन् । सन् २००० मा प्रिंयका चोपडा मिस वल्र्ड भएपछि मानुषी मिस वल्र्ड भएकी हुन् । २१ वर्षे मानुषी मेडिकल विद्यार्थी हुन् । चीनको सान्या सिटी एरेनामा भएको मिस वल्र्ड समारोहमा १०८ अन्य प्रतियोगीहरुलाई पछि पार्दै मानुषी मिस वल्र्ड घोषित भएकी हुन् ।
तपसी पन्नु पछिल्लो समय निकै रुचाइने प्रभावशाली अभिनेत्री हुन् । तपसी बेला बेला ट्रोलको सिकार बन्दा पनि आफूलाई बलियो साबित गराउँदै आइरहेकी छन् । ‘जुड्वा–२’ अभिनेत्री उनै तपसीले केही दिनअघि ट्वीटरमा पोस्टेको एक तस्बिरले उनलाई तनाव दिएको छ । श्यामश्वेत ट्युबको छोटो लुगामा सजिएकी उनलाई धेरैले छोटो लुगा लगाएको आरोप लगाएका थिए ।
केही वर्ष पहिलेसम्म ‘कमेडी नाइट विथ कपिल’ हुँदै पछिल्लो समय ‘द कपिल शर्मा शो’ मा स्ट्यान्ड अप कमेडी गर्दै आएका कपिल शर्माको दोस्रो फिल्म ‘फिरंगी’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । २०१५ मा ‘किस किसको प्यार करुँ ?’बाट बलिउड डेब्यु गरेका उनै कमेडियन कपिलसँग एक भारतीय मिडियाले गरेको अन्तरंग कुराकानी ।
परिणिती चोपडा अर्जुन कपुरसँगै ‘इशकजादे’बाट बलिउड डेब्यु गरेकी थिइन् । आगामी वर्ष यही जोडी नयाँ फिल्म ‘पिंकी और सन्दिप फरार’मा पुनः सँगै प्रस्तुत हुनेछ । फिल्ममा अर्जुनलाई हरयाणी पुलिसका रुपमा देख्न पाइने खबरहरुमा उल्लेख छ । यसै मेसोमा फिल्ममा परिणितीको लुक्स बाहिरीएको छ ।
किम कार्दिसनको कामुकताबारे धेरै बताइरहनु नर्पला । हलिउड बमसेल मोडेल किम बारम्बार मिडियाहरुमा छाइरहन्छिन् । कहिले हट फोटोसुट गर्ने त कहिले भड्किलो अवतारमा प्रस्तुत हुने उनका व्यक्तिगत बानी हुन् । उनै कामुक किम आगामी ‘एस मोडा’ म्यागेजिनको आवरणमा छाउने भएकी छन् ।
गत बिहिबारदेखि बलिउड बाला दीपिका पादुकोणले बलिउडमा एक दशक पूरा गरिन् । फराह खानको ‘ओम शान्ति ओम’ बाट बलिउड डेब्यु गरेकी दीपिका युवापुस्तामाझ निकै नै लोकप्रिय एक प्रभावशाली अभिनय क्षमताकी अभिनेत्रीका रुपमा आफ्नो परिचय बनाउन सफल भइसकेकी छन् ।
कुनैबेला पोर्न फिल्ममा एकछत्र राज गर्दै आइरहेकी सन्नी लियोनलाई बलिउड मज्जैले फापेको छ । दुई दर्जनभन्दा बढी बलिउड फिल्ममा आफ्नो अभिनय एवं प्रस्तुति दिइसकेकी उनको अभिनय जस्ताको तस्तै छ तर पनि उनको अभिनय जस्तोसुकै भए पनि उनलाई फिल्ममा कहीँ कतै आइटम नम्बरमा समावेश गर्न लालयित निर्देशकहरु धेरै छन्
पछिल्लो फिल्म ‘पिकु’मा रोमान्टिक अवतारमा देखिएका इरफान खान गत हप्तादेखि प्रदर्शनमा आएको नयाँ प्रेमकथा ‘करिब करिब सिंगल’ मार्फत प्रेमिल रुपमा प्रस्तुत भएका छन् । (नेपालमा भने प्रदर्शन हुन सकेन) । रोमान्टिक फिल्म खेल्न निकै मज्जा हुने इरफान बताउँछन् । बुलन्द मेथड अभिनयका ज्ञाता उनलाई आफ्नो अभिनयकारिता सबैभन्दा मनपर्ने कुरा हो ।