एन्जेलिना जोली केही दिनअघि एक सार्वजनिक समारोहमा कालो वानपिसमा सजिएकी थिइन् । धेरैको ध्यान उनको वान पिसमा नभई बाँस जस्तै सुकेका हाड र छाला मात्रैका उनका खुट्टा र हातमा थिए । उनको यस्तो हालत देखेर उनका प्रशंसकहरुमा निकै कुतुहलता जागेको थियो ।
सन्नी लियोनले पोर्न फिल्म छाडेर बलिउडमा राम्रै स्थानमा आइसकेकी छन् । हलिउडको पोर्न फिल्म छाडेर सन्नीले सलमान खानको बिगबोसबाट पाइला चाल्दै बलिउडमा एकछत्र राज गर्ने भइसकेकी छन् । उनै सन्नीको पदचाप पछ्याउँदै युवापुस्तामाझ निकै चर्चित पोर्नस्टार मिया खलिफाले बलिउड डेब्यु गर्ने हल्ला अचेल निकै छाएको छ
अभिनेत्री हिलारी डफको घरमा चोर पसेपछि हंगामा मच्चिएको छ । परिवारसहित क्यानडामा छुट्टि मनाउन गएको समयमा उनको घरमा चोरी भएको हो । खबरहरुका अनुसार बिभर्ली हिल्सस्थित उनको घरमा रहेका सैयौं हजार डलरका गरगहना चोरी भएका हुन् ।
युवापुस्तमाझ निकै चर्चित हुँदै गएकी उदीयमान गायिका एवं भिडियो ब्लगर हाना स्टोनले आफ्नो जन्मदिनको एकहप्ता अघि आत्महत्या गरेकी छन् । सामाजिक सञ्जालमा निकै रुचाइएकी १६ वर्षे हानाले गत बुधबार आत्महत्या गरेकी हुन् । ‘युनाउ’ नामको लाइभ स्ट्रिमिङबाट आफ्नो सांगीतिक कला प्रस्तुत गर्दै आइरहेकी उनी एक महिनादेखि सामाजिक सञ्जालमा गुपचुप थिइन् ।
कट्रिना कैफलाई बलिउडमा ल्याउने सलमान खान हुन् भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । उनीहरु लामो समय प्रेममा थिए पनि । पछि रणवीर कपुरको प्रेममा परेपछि सलमान र कट्रिनाको सम्बन्धमा टकराव आयो ।
विद्या बालन पछिल्लो समय राम्रा विषयवस्तु भएका फिल्ममा दमदार अभिनय गर्ने अभिनेत्रीका रुपमा परिचित छन् । प्रशंसक र दर्शकहरुबाट निकै रुचाइएकी सुन्दर अभिनेत्रीको खोटबिनाको अभिनयले सबैको वाहवाही पाउँदै आइरहेको छ ।
पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय बलिउड अभिनेत्री कृति सानन पञ्जाबी गायक एवं दिलजित दोसाँझसँग रोमान्स गर्ने भएकी छन् । केही पहिले दिनेश भिजनको ‘राब्ता’मा देखिएकी उनी निर्देशक दिनेशकै नयाँ कमेडी फिल्ममा दिलजितसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।
कुनैबेलाका सफल प्रेमिल जोडी थिए, गायिका सेलेना गोमेज र जस्टिन बिबर । युवापुस्तामाझ ट्रेन्ड सेटर जोडीको ब्रेकअपले धेरैलाई निराश समेत बनाएको थियो । विच्छेदको लामो समयपछि फेरि एकपटक २५ वर्षे सेलेना र २३ वर्षे जस्टिन पुनः एकसाथ फेला पारिएको छ ।
बलिउडकी पुरानी एवं सुन्दर अभिनेत्री श्रीदेवी र पति बोनी कपुर आफ्नो प्रेमलाई लिएर निकै गम्भीर छन् । तडकभडक नगर्ने सिरियस जोडीका रुपमा परिचित यो जोडी १९९६ मा विवाह बन्धनमा बाँधिएको थियो । अहिले उनीहरुका छोरी जान्भी र खुसीसमेत निकै जवान भइसके ।
अभिनेत्री इलियाना डिक्रुज आफ्ना प्रेमीको मन कसरी जित्दै आइरहेकी छन् भन्ने कुराको रहस्य बाहिर आएको छ । इलियानाले आफ्ना प्रेमीलाई खुसी राख्न प्रेमी एन्ड्रियु निबोनलाई पेटभरी खाना दिने र उनको जिब्रोलाई मिठ्याउँदै आएको बताएकी छन् ।
फिटनेसको मामलामा बलिउड बाला कट्रिना कैफलाई उछिन्ने कोही छैन भन्दा पनि हुन्छ । उनै कट्रिना आफ्ना सहकर्मीहरुलाई समेत फिट हुन बारम्बार अह्राइरहन्छिन् । हिजोआज भने कट्रिना पछिल्लो समयकी प्रभावशाली अभिनेत्री आलिया भट्टलाई जिमखानामा कडाभन्दा कडा मिहिनेत गर्न सिकाइरहेकी छन् ।
दिशा पटानीले आफ्ना पुराना फोटोहरुलाई सेयर गरेर आफ्नो बोल्डनेसलाई पुनर्ताजगी गराइदिएकी छन् । दिशाले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरुमा उनलाई हाई स्लीट र लो नेकलाइन पोसाकमा सुपर सेक्सी देखिएकी छन् ।
बलिउडका लागि २०१७ खासै उपलब्धिमूलक हुन सकेन । वर्षको सुरुवाततिर प्रदर्शनमा आएका ‘काबिल’, ‘रईस’ र ‘जोली एलएलबी–२’ ठिकै व्यापार गरे पनि वर्षका बहुप्रतिक्षित भनिएका ‘ट्युबलाइट’, ‘जग्गा जासूस’ र ‘जब हेरी मेट सेजल’ बक्स अफिसमा फ्लप भए । तैपनि बाँकी दुई महिनामा चमत्कार होला नहोला भन्न अफ्ठ्यारो छ ।
युवा पुस्तामामाझ निकै लोकप्रिय गायिका टेलर स्वीफ्ट आफ्नो एक भिडियोमा निकै सेक्सी देखिएकी छन् । ‘रेडी फर इट’ भिडियो टिजर आएसँगै उनको भिडियोमा आउने चरित्रबारेको रहस्य बाहिर आएको हो । इन्स्टाग्राममा टेलरले पोस्टेको टिजरमा उनी निकै सेक्सी देखिएकी छन् ।
अमेरिकी मोडल तथा इन्टरनेट सेलिब्रिटी एलेक्सिस रेन आफ्नो करियरलाई फड्को मार्दै उभो लाग्ने भएकी छन् । उनी अब छिट्टै एसआई स्वीमसुट मोडेलको नयाँ सदस्य हुने भएकी छन् । उनलाई बधाई दिँदै एसआई स्वीमसुटले उनको मोडलिङ तस्बिर सेयर गरेको छ ।
कृति सनान पछिल्लो समय बलिउडका रुचाइने अभिनेत्री हुन् । कृति निकै पहिलेदेखि सहकर्मी सुशान्त सिंह राजपुतसँग सम्बन्धमा रहेको बताइन्छ । उता आफ्नी पूर्व प्रेमिकासँग ब्रेकअप गरिसकेका सुशान्त र कृति बारम्बार सँगै नदेखिएका पनि होइनन् । केही अघि आएको फिल्म ‘राब्ता’को सुटिङताका नै उनीहरुको प्रेम सञ्चार माध्यमभर छताछुल्ल भएको थियो ।
गत २०१६ को अप्रिलमा विवाहमा बाँधिएकी बलिउड हट बाला विपाशा बसु पति करण सिंह ग्रोभरसँगै पर्दामा नदेखिएको निकै लामो भएको थियो । वैवाहिक जीवन सुखमय बनाउँदै आएका उनीहरु २०१५ को थ्रिलर फिल्म ‘अलोन’मा एकसाथ पर्दामा अनस्क्रिन रोमान्स गरेका थिए ।
‘नागिन’ सिरियलबाट धेरैको वाहवाही पाएकी अभिनेत्री मौनी रोयले हट फोटोसुट गरेकी छन् । सामाजिक सञ्जालमा उनले सेयर गरेका तस्बिरमा उनी निकै कामुक र सनसनीपूर्ण देखिन्छिन् । आफ्नो कामको समयबाट बेला–बेला फुर्सद निकालेर इन्स्टाग्राममा हट फोटोहरु अपलोड गरेर उनले पछिल्लो आफ्ना प्रशंसकलाई खुसी पार्दै आइरहेकी छन् ।
बलिउड बाला ईशा देवललाई पुत्री लाभ भएको छ । हेमा मालिनी र धर्मेन्द्र पुत्री ईशाले गत अक्टोबर २० तारिखमा पुत्री लाभ गरेकी हुन् । पति भरत तखतानीबाट गत २०१५ मा छोरा दरीन पाएकी ईशा सोमबार अस्पतालबाट डिस्चार्ज भएर हेमाको जुहु बंगलोमा फर्किसकेकी छन् ।
पछिल्लो समय तपाईं सामाजिक सञ्जाल चलाउनुहुन्छ भने तपाईं मी टु ह्यासट्यागसँग पक्कै परिचित हुनुहुन्छ । अझ त्यसमा पनि ट्वीटर चलाउनुहुन्छ भने तपाईं यसबारेमा स्पष्ट हुनुहुन्छ । मि टु ह्यासट्यागले महिलाहरुलाई आफू यौन हिंसामा परेको कुरा खुलस्त रुपमा व्यक्त गर्न सजिलो बनाइदिएको छ ।