‘म सुपरस्टार होइन’

बिहिबार, ०७ मङि्सर २०७४, ०१ : ४४ शुक्रवार
‘म सुपरस्टार होइन’

केही वर्ष पहिलेसम्म ‘कमेडी नाइट विथ कपिल’ हुँदै पछिल्लो समय ‘द कपिल शर्मा शो’ मा स्ट्यान्ड अप कमेडी गर्दै आएका कपिल शर्माको दोस्रो फिल्म ‘फिरंगी’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । २०१५ मा ‘किस किसको प्यार करुँ ?’बाट बलिउड डेब्यु गरेका उनै कमेडियन कपिलसँग एक भारतीय मिडियाले गरेको अन्तरंग कुराकानी :

‘फिरंगी’ तपाईंको करियरका लागि कत्तिको महत्वपूर्ण छ ?
कुनै पनि प्रोजेक्ट थाल्दै मानिसहरुले मनपराइदिऊन् भन्ने सबै कलाकारले सोचेका हुन्छन् । ट्रेलरमा छाएको उत्सुकताले नै फिल्मले राम्रो गर्ला भन्ने मेरो अनुमान छ । मानिसहरुले मेरो मिहिनेतको पक्कै कदर गर्नेछन् जस्तो लाग्छ । अन्य प्रोजेक्टजस्तै ‘फिरंगी’ पनि मेरा लागि महTवपूर्ण छ ।

फिल्म केका बारेमा बनेको हो ?
प्रेमकथामा बनेको फिल्मले १०० वर्ष अघिको कथा भन्छ । त्यो समयमा प्रेम विवाह त हुँदै हुँदैनथ्यो । परिवारको मिलेमतोमा हुने विवाहमा जोडीले एकअर्कालाई देखेका पनि हुँदैनथे । निकै नै भावनात्मक कथा छ फिल्ममा । मेरो पात्र मंगा सार्गीको प्रेममा परेको हुन्छ । साथीको विवाह समारोह पुग्दा नै उनीहरु पहिलोपटक भेट्छन् । पहिलो भेटमै मन परेकी केटी भेट्न ऊ बारम्बार केटीको गाउँ पुग्छ । सन् १९२० को समाज अनुरुप केटा र केटीको प्रत्यक्ष भेट त हुँदैन । तर उसले टाढैबाट केटी हेरिरहन्छ । अझ मज्जाले भन्नुपर्दा ‘फिरंगी’ अर्गानिक लभ स्टोरी हो । बेरोजगार भएकै कारण मंगा सार्गीको परिवारसँग नजिक हुन खोज्दैन । उसले सार्गीको प्रेम पाउन गरेको त्यो बेलाको संघर्ष नै फिल्मको कथा हो । बेलायती शासनका बीच स्वतन्त्र भारतका लागि भएको संघर्षको कथा समेत यसले प्रस्तुत गर्छ ।

पहिलो भेटमै सार्गीको प्रेममा पर्न मंगालाई केले आकर्षित गर्छ ?
सार्गीले टाउको छोप्न प्रयोग गरेको दुपट्टा देखेरै ऊ पहिलो पटक आकर्षित हुन्छ । सार्गीको निर्दोषपन, उसको लजालु बोलीचाली र उसको सौन्दर्य सँगै सरलपन देखेर मंगा ऊप्रति आकर्षित हुन्छ ।

टेलिभिजन सो र फिल्ममा कस्तो अन्तर पाउनुहुन्छ ? टेलिभिजन सो गरिरहेको तपाईंलाई फिल्म गर्न गाह्रो भएन ?
पक्कै गाह्रो त भयो नै । टेलिभिजन र फिल्मका लागि एकैसाथ काम गर्नुपर्दा निकै सकस भयो । घुमफिर गर्दा र सहर बजारतिर डुल्दा निकै थाकिन्छ । मलाई घुमफिर गर्न रमाइलो लागे पनि निकै अफ्ठ्यारो लाग्छ । तर कुनै पनि काम थालेपछि शरीरमा एक किसिमको ऊर्जा उत्पन्न हुन्छ र तनाव र थकान पनि हराएर जाँदोरहेछ । टेलिभिजन गर्दा र फिल्म गर्दा एकै किसिमको मज्जा भयो मलाई किनभने दुवै काम एकअर्कासँग मिल्दाजुल्दा पनि छन् नि !

सुपरस्टार जीवन बाँच्न कत्तिको गाह्रो हुन्छ ?
म सुपरस्टार होइन । यसबारे मेरो सोचाई नै फरक छ । मानिसहरु हाम्रा सुपरस्टारसँग फोटो खिच्दासमेत निकै डराउँछन् तर मेरा प्रशंसकहरु मेरो हात नै समाउँछन् । मानिसहरु मलाई आफूजस्तै आम मानिस सम्झेर त्यसो गरेका हुन् । मैले मानिसहरुबाट पाउने यस किसिमको माया र ममतालाई ‘स्टारडम’का रुपमा हेर्दिनँ । यसबाटै उनीहरु मलाई कत्तिको माया गर्छन् भन्ने थाहा हुन्छ । मानिसहरुको असिम माया पाउँदा म निकै खुसी हुन्छु ।

तर हाम्रोमा स्टारडम त भयंकरै छ नि ?
तपाईंले यसको असर केही पहिलेका पत्रपत्रिका पढ्नुभयो भने थाहा पाउनुहुन्छ । हामीहरुले हाच्छिउँ गर्दासमेत हामी बारेका अनेकन कथा बुनिन्छ । मैले हात छोपेर हाच्छिउँ गरेँ भने पनि मैले कसैको मुखमा हाच्छिउँ गरेको कथा बुनिन्छ । हाम्रा बारेमा जेजति लेखिन्छ ती सबै कपोलकल्पित हुन्छन् । जोकोही कलाकार पनि यस्तो थाहा हुँदाहुँदै आफू बलियो रहन मानिसहरुको माया र ममताले नै आड दिन्छ । मानिसहरुको धेरै माया पाउनेहरुकै बारेमा नकारात्मक टिकाटिप्पणी धेरै हुन्छ यहाँ ।

केहीअघि ‘द कपिल शर्मा शो’ किन बन्द भयो ?
त्यो मेरो निर्णय नै थियो । यसमा मेरो कुनै पछुतो छैन । मेरो स्वास्थ्यका कारण बन्द गरेको हुँ । स्वस्थ भएपछि म पुनः सोमा आउनेछु । पनिर बनाउन दुधमा सही मात्रामा अमिलो मिसाउनुपर्छ । आलोचना र ममता हाम्रो जीवनमा अभिन्न अंग हुन् । तर स्वास्थलाई बेवास्ता गरी कसैले कदम अघि बढाउन सक्दैन । म स्वस्थ भएपछि पक्कै आउनेछु ।

तपाईंले फिल्ममा भेटेकी सार्गीझैं रियल लाइफमा सार्गी फेला पार्नुभएको छ त ?
जिनी (प्रेमिका) मेरो प्राण हुन् । उनी निकै निर्दोष छिन् । बलिउडमा उनको कुनै कनेक्सन छैन । पञ्जाबमा उनीजस्ता धेरै सरल केटीहरु भेट्न सकिन्छ ।

तपाईं निकै ऊर्जाशील व्यक्ति हुनुहुन्छ ? यो ऊर्जाको रहस्य के होला ?
म थकान महसुस हुँदा बाथरुम जान्छु । तपाईंहरुले दिनुभएको माया र विश्वासले नै आज म यो स्थानमा छु । तपाईंहरुलाई भेट्दा नै मलाई आत्मविश्वास जाग्छ । तपाईंहरुले माया गरेकै कारण म कपिल शर्मा भएको हुँ । यस्तै कुराले मलाई उःर्जा दिन्छन् ।

तपाईंको निकै पहिलँकोे एउटा ट्वीट निकै विवादमा आयो । ‘कफी विथ करन’मा पनि तपाईंले ‘पिएर कहिल्यै गाडी नचलाउन र ट्वीट नगर्न’ भन्नुभएको थियो नि !
त्यो कुरा मैले मोदीजीका लागि भनेको हुँ, हैन र ? मैले जसरी भनें÷लेखें त्यो तपाईंहरुलाई सैह्य भएन तर यसबारे तपाईंहरुले मेरै गल्ती हो भन्न सक्नुहुन्छ ।

तपाईं रक्सीको कुलतका कारण रिहाब पनि जानुभयो हैन ?
हेर्नुहोस्, मैले अघि पनि भनिसकेँ नि तपाईंहरु मनलाग्दी लेख्नुहुन्छ । म आजसम्म कुनै रिहाब गएको छैन । म बेंग्लोरको आयुर्वेद ग्राममा थिएँ । म भोकै बसेका कारण बिरामी परेको थिएँ । शरीरमा ऊर्जा फर्काउन मैले आयुर्वेदिक मसाज र औषधि सेवन गरेको थिएँ ।

युवाहरुलाई रक्सी र ड्रगको कुलतमा नफस्न कस्तो सल्लाह दिनुहुन्छ ?
निकै व्यस्त हुने हामीहरु तनाव कम गर्न बेलाबेला सर्टकट अपनाउँछौँ  । दिमागमा धेरै कुरा खेल्छन् । थौरै रक्सीले हाम्रो समस्या हल गरिदिएला भन्ने हामीलाई लाग्छ तर रक्सीले कुनै समस्या हल गर्दैन । तपाईं क्षणिक रुपमा ठीकठाक हुनुहोला तर त्यसले दिगो रुपमा निकै असर गर्छ । त्यस्तैले यस्तो कुलतमा नफँसेकै राम्रो । म सबैजनालाई रमाइलोका लागि मात्र भनेर पनि रक्सी नपिउन विनम्र आग्रह गर्छु । तपाईंले रमाइलोका लागि पिएको थोरैले पनि तपाईंलाई निकै ठूलो असर गर्छ र त्यसले तपाईंलाई कुलतमा फसाउँछ ।

 

Leave A Comment