परिणितीको पिंकी लुक्स

मङ्गलबार, ०५ मङि्सर २०७४, १२ : २३ शुक्रवार
परिणितीको पिंकी लुक्स

परिणिती चोपडा अर्जुन कपुरसँगै ‘इशकजादे’बाट बलिउड डेब्यु गरेकी थिइन् । आगामी वर्ष यही जोडी नयाँ फिल्म ‘पिंकी और सन्दिप फरार’मा पुनः सँगै प्रस्तुत हुनेछ । फिल्ममा अर्जुनलाई हरयाणी पुलिसका रुपमा देख्न पाइने खबरहरुमा उल्लेख छ । यसै मेसोमा फिल्ममा परिणितीको लुक्स बाहिरीएको छ । पिंकी अवतारमा परिणितीलाई निकै सेक्सी देखिएको छ । केही अघि तौल घटाएर स्लीम बनेकी उनलाई बुट्टेदार सुट र चश्माका साथ प्रस्तुत गरिएको छ । अरुबेला सधैं सामान्य रुपमा प्रस्तुत भइरेहकी उनी यस फिल्ममा आजसम्मकै बोल्ड देखिएकी छन् । फिल्ममा उनी कर्पोरेट गर्लका रुपमा प्रस्तुत हुनेछिन् । दिवाकर बनर्जीको यो फिल्मका केही दृश्य नेपालको बैतडीमा खिचिने बताइन्छ ।

Leave A Comment