कामुक किम

सोमबार, ०४ मङि्सर २०७४, ०५ : १२ शुक्रवार
कामुक किम

किम कार्दिसनको कामुकताबारे धेरै बताइरहनु नर्पला । हलिउड बमसेल मोडेल किम बारम्बार मिडियाहरुमा छाइरहन्छिन् । कहिले हट फोटोसुट गर्ने त कहिले भड्किलो अवतारमा प्रस्तुत हुने उनका व्यक्तिगत बानी हुन् । उनै कामुक किम आगामी ‘एस मोडा’ म्यागेजिनको आवरणमा छाउने भएकी छन् । म्यागेजिनका फोटोसुट बाहिरिएसँगै उनको बोल्ड छवी पुनः सञ्चारमाध्यमलाई मसला भएको छ । गत नोभेम्बर १३ मा उनले ट्वीटमार्फत म्यागेजिनको आवरण सार्वजनिक गरेकी थिइन् । आवरणमा खुलेकी किम निकै कामुक देखिएकी छिन् । श्यामश्वेत तस्बिरमा उनको वक्षस्थलले गतिलो स्थान पाएको छ । निकै सेक्सी अवतारमा प्रस्तुत भएकी उनले केही समयअघि एक पफ्र्युमको विज्ञापनमा सनसनीपूर्ण तस्बिर खिचाएकी थिइन् ।

Leave A Comment