प्रियंकाको कपाल चट्

शनिबार, ०९ मङि्सर २०७४, ०२ : ४५ शुक्रवार
प्रियंकाको कपाल चट्

ग्लोबल क्विन प्रिंयका चोपडा सामाजिक सञ्जालमा निकै सक्रिय छन् । प्रिंयकाले पछिल्लो समय आफ्ना सुन्दर सेल्फी पोस्टेर प्रशंसकहरुलाई ट्रिट गर्दै आइरहेकी थिइन् । तर केही दिन अघि मात्र उनले सनसनीपूर्ण तस्बिर पोस्टेर एकपटक फेरि समाचारहरुमा छाएकी छन् । कोलाज तस्बिरमा उनले आफ्नो काटिएको कपालको तस्बिर पोस्टेकी छन् । आफूले गर्दै आइरहेको हलिउड टिभी सिरिज ‘क्वानटिको’को तेस्रो शृंखलाकी लागी उनले लामो कपाल छोट्याएकी हुन् । ‘क्वानटिको’मा एफबिआई एजेन्ट एलेक्स पेरिसको भूमिकामा प्रस्तुत हुने उनी नयाँ शृंखलामा छोटो कपालमा प्रस्तुत हुने छिन् । तस्बिरमा प्रिंयकाले यस्तो क्याप्सन लेखेकी छन्–‘लामो कपाललाई बिदाई । नयाँ शृंखलामा पेरिस बिल्कुलै भिन्न अवतारमा आउनेछे । प्रतिक्षा गर्नुहोला ।’

Leave A Comment