सारीमा दामी दीपिका

सोमबार, ०४ मङि्सर २०७४, ०४ : २५ शुक्रवार
सारीमा दामी दीपिका

गत बिहिबारदेखि बलिउड बाला दीपिका पादुकोणले बलिउडमा एक दशक पूरा गरिन् । फराह खानको ‘ओम शान्ति ओम’ बाट बलिउड डेब्यु गरेकी दीपिका युवापुस्तामाझ निकै नै लोकप्रिय एक प्रभावशाली अभिनय क्षमताकी अभिनेत्रीका रुपमा आफ्नो परिचय बनाउन सफल भइसकेकी छन् । केहीदिन अघि दीपिकाले आफ्नो आगामी फिल्म ‘पद्यमावती’को प्रचारको क्रममा मुम्बईमा आयोजित एक समारोहमा निकै नै हट अवतारमा प्रस्तुत भएर धेरैलाई मुख बाउन बाध्य बनाएकी छन् । परम्परागत सारीमा सजिएकी भएपनि दीपिका निकै बोल्ड देखिएकी थिइन् । कालो सारी र हाई वेस्ट स्कर्टमा दीपिकालाई निकै कामुक देखिएको थियो ।

 

Leave A Comment