तपसीलाई तनाव

शनिबार, ०९ मङि्सर २०७४, ०२ : ०९ शुक्रवार
तपसीलाई तनाव

तपसी पन्नु पछिल्लो समय निकै रुचाइने प्रभावशाली अभिनेत्री हुन् । तपसी बेला बेला ट्रोलको सिकार बन्दा पनि आफूलाई बलियो साबित गराउँदै आइरहेकी छन् । ‘जुड्वा–२’ अभिनेत्री उनै तपसीले केही दिनअघि ट्वीटरमा पोस्टेको एक तस्बिरले उनलाई तनाव दिएको छ । श्यामश्वेत ट्युबको छोटो लुगामा सजिएकी उनलाई धेरैले छोटो लुगा लगाएको आरोप लगाएका थिए । कतिपयले उनलाई ‘यस्तै छोटा लुगाहरुकै कारण पुरुषहरु आकर्षित हुने र महिलाहरु यौन शोषणको सिकार हुने’ तर्क गरेका थिए । तर सबैलाई माथ खुवाउने गरि उनले पुरुषहरु आफ्नो बिमारलाई नियन्त्रणमा राखि यस्ता कुरामा नअल्झन’ सुझाएकी छन् । अझ कतिपयले उनीसँग पूरा लुगा किन्न पैसा नपुगेको हुनसक्ने व्यंग्यवाण गरेका छन् । अझ एकजनाले त यो भारतिय संस्कारका विरुद्ध भएको आरोप लगाएका छन् । यस्तै कमेन्ट गर्नेहरुलाई उनले ‘तपाईंहरु संस्कारको रक्षक रहेको र तपाईंहरुजस्ता हिरा फेला पार्न नसकेरै मैले यस्तो फोटो राख्नुपरेको’ भन्दै बोल्ड कमेन्ट लेखेकी छन् ।

Leave A Comment