सो स्टपर करिना

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : ४० शुक्रवार
सो स्टपर करिना

केही पहिले सन्तान लाभ गरेकी करिना कपुर खान झन् सुन्दर हुँदै आइरहेकी छन् । छोरा तैमुरलाई जन्म दिएकी उनी तन्दुरुस्त हुनुको राज नै जिम धाउनु हो । दिन नबिराई जिम धाउने उनी बच्चा पाएकीजस्ती देखिँदैनन् पनि । शरीर मेन्टेन गर्न खप्पिस उनै करिनाले आफ्ना मिल्ने साथी फेसन डिजाइनर मनिष मल्होत्राको र्याम्प सोमा बुलन्द प्रस्तुति दिएर सबैको मन जितेकी छन् । केन्यामा आयोजित र्याम्पमा उनी फेसनेबल लेहेँगामा सजिएकी थिइन् । करिनाले हालै आफ्नो आगामी फिल्म ‘वीर दि वेडिङ’को गीतको सुटिङ थाइल्यान्डमा सकेकी छन् ।

Leave A Comment