लिलामीमा म्याडोनाका वैंसका तस्बिर

शनिबार, ०९ मङि्सर २०७४, ०२ : ५१ शुक्रवार
लिलामीमा म्याडोनाका वैंसका तस्बिर

अमेरिकी अभिनेत्री तथा गायिका म्याडोनाका वैंसका फोटोहरु लिलामीमा राखिने भएको छ । १८ वर्षको उमेरमा खिचाइएका उनका सनसनीपूर्ण एवं कामुक न्यूड तस्बिरहरु नगेटिभसहित पूर्ण सर्वाधिकार हुनेगरि लिलामीमा राखिन लागेको हो । आठ हजार देखि बाह्र हजार डलरबाट सुरु हुने उनका एक सय आठ तस्बिर छिट्टै लिलामीमा राखिन लागेको हलिउड सञ्चारमाध्यमले लेखेका छन् । सिसिल आइ टेलरले म्याडोना मिचिगनको आन आर्वरमा रहँदा सन् १९७७ मा ती तस्बिर खिचेका थिए । केही महिना पहिले आफ्नो अन्डवेयर र व्यक्तिगत चिठी लिलामी राख्दा म्याडोना रुष्ट हुँदै फिर्ता गराएकी थिइन् ।

Leave A Comment