श्रीदेवीका आमाछोरी सँगसँगै

शुक्रबार, १५ मङि्सर २०७४, ०२ : ३७ शुक्रवार
श्रीदेवीका आमाछोरी सँगसँगै

करण जोहरले केही दिन पहिले श्रीदेवी पुत्री जान्भी कपुरको पहिलो फिल्म ‘धडक’को पोस्टर सार्वजनिक गरेका थिए । ‘हम्प्टी शर्माकी दुल्हनिया’ र ‘बद्रीनाथकी दुल्हनिया’ निर्देशन गरेर चर्चामा आएका सशांक खेतानले यो फिल्म निर्देशन गर्नेछन् । फिल्ममा जान्भीको अपोजिट शाहिद कपुरका भाइ ईशान खट्टर देखापर्नेछन् । सार्वजनिक फिल्मको पोस्टरमा इशान र जान्भी निकै खुलेका छन् । उनीहरुको पेयरिङ निकै सुहाएको समेत धेरैले बताउँदै आएका छन् । मराठीको निकै चर्चित फिल्म ‘सैरट’को हिन्दी रिमेक ‘धडक’मा जान्भीसँगै आमा श्रीदेवी विशेष भूमिकामा प्रस्तुत हुने गाईंगुईं यतिबेला बलिउडमा छाएको छ । जान्भीकी वास्तविक आमा श्रीदेवीले फिल्ममा पनि उनको आमाका रुपमा प्रस्तुत हुने कुरा बलिउडवृत्तमा सुन्नमा आएको छ । फिल्ममा आमाको भूमिका कम भए पनि निकै महत्वपूर्ण हुनेछ ।

Leave A Comment