राजनीतिक चक्रब्यूहमा फस्दै आएको अरुण तेस्रो जलविद्युत् परियोजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो नेपाल भ्रमणमा ब्युँतिएको छ । मोदीको नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले हायात होटलमा भिडियो कन्फ्रेसिङबाट संयुक्तरूपमा आयोजनाको शिलान्यास गरेसँगै अरुण तेस्रो ब्युँतिएको हो ।
अंग्रेजीमा स्नातकोत्तर गरेका तनहुँका अभिमान शर्मा करिब एक दशकदेखि विदेश अध्ययन गर्ने विद्यार्थीलाई परामर्श दिन तल्लीन छन् । युरोप, अस्ट्रेलियासहितका मुलुकमा अध्ययनका लागि जाने विद्यार्थीलाई करिअर काउन्सिलिङ गरिरहेका शर्मा लिंकन एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हुन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार नेपालमा ४१ जिल्लाको एक सय ५३ हेक्टरमा पुष्प व्यवसाय हुन्छ । करिब सात सय पुष्प व्यवसाय छन् भने ४३ हजारले रोजगारी पाएका छन् । वसन्त ऋतु, त्यसै पनि फूलै फूलको ऋतु मानिन्छ । नेपालको राष्ट्रिय फूल लालिगुराँसले पहाडलाई ढकमक्क बनाएको हुन्छ यही मौसममा ।
२०७४ मा रेकर्ड तोड्ने अनियमितताका अङ्कहरु सार्वजनिक भए । सरकारमा रहेकाहरु काण्डकारीहरुको पक्षमा देखिए । विभिन्न बहानामा राज्य कोष रित्याउन सत्तासीनहरु सक्रिय देखिए । नागरिक दबाबपछि मात्रै सरकार कारबाहीमा सक्रिय भयो । सुशासन कोमामा पुग्यो ।
सरकारले सुशासन कायम गरेर पूर्वाधार, सञ्चार, प्रविधिको क्षेत्रमा खर्च गरेर उपयुक्त परिस्थिति सृजना गर्ने हो भने ठूला व्यापारारिक घराना लगानी गर्न सक्षम छन् ।
अत्यावश्यक वस्तु तथा सेवा दिन स्थापना भएका सार्वजनिक संस्थान एकपछि अर्को गर्दै डुब्दै गएका छन् । उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्दै आएको नेसनल ट्रेडिङ लिमिटेड घाटा थेग्न नसकेपछि सरकारले खारेज नै गरेको छ ।
भारतको प्रतिष्ठित कम्पनी ब्रिलेयर साइन्स प्रालिले विभिन्न उत्पादक नेपाली बजारमा बिक्री भइरहेको छ । वैज्ञानिक खोज अनुसन्धान गरेर उत्पादन गरेका ब्रिलेयर साइन्सका सामग्रीले नेपाली बजार विस्तार गर्दै गइरहेको छ ।
मानविकीमा स्नाकोत्तर मदनप्रसाद भारती भक्तपुरका स्थानीय हुन् । कोडाक कम्पनीको बजार प्रतिनिधिबाट मार्केटिङ क्षेत्रमा प्रवेश गरेका भारती अहिले भारतको हाइजेनिक रिसर्च इन्स्टिच्युट(एचआरआई)का तर्फबाट नेपालमा प्रतिनिधित्व गर्छन् ।
नेपाली जुत्ता, चप्पल उद्योगमा निजी क्षेत्रलाई लगानीको अवसर देखिएको छ । अहिले सञ्चालनमा रहेका उद्योगले बजारको माग धान्न सकेका छैनन् । गुणस्तरीय र नयाँ–नयाँ डिजाइनका जुत्ता–चप्पल उत्पादन गर्न सके स्वदेशी बजारमै बिक्री हुन्छ ।
धेरै नेपाली युवायुवती स्वदेशमा अवसर नभएको भन्दै विदेशिइरहेका छन् तर एउटा जोडी भने विदेशको अवसरलाई त्यागेर स्वदेशमै रोजगारी सृजना गरिरहेको छ । उनीहरु आफूले व्यवसाय गरिरहेका छन् नै स्वदेशमै उद्यमशीलता विकास गर्न जनशक्ति पनि तयार गर्न पनि तल्लिन छन् । ललितपुर गोदावरीका रमेश सिलवाल र वसन्ती सिलवाल (राचल) अध्ययनका लागि युरोपियन मुलुक नेरदल्यान्ड पुगेका थिए ।
मुलुकमा विकास निर्माणले तिव्रता पाएसँगै निर्माण सामग्रीका उद्योगमा लगानी बढेको छ । उद्योगीहरुले सिमेन्ट, रड लगायतका उद्योगमा धमाधम लगानी थपिरहेका छन् । राजनीतिक स्थिरतासँगै मुलुकमा सडक, सिँचाइ, विद्युत आयोजना, विमानस्थल निर्माण अघि बढेपछि स्टिलको माग बढेपछि उक्त उद्योगमा लगानीकर्ता आकर्षित भएका हुन् । पछिल्लो पटक शारडा समूहले एक अर्ब पाँच करोड रुपैयाँको लगानीमा सुनसरीको दुहबी नगरमा प्रिमियर स्टिल उद्योग सञ्चालन गर्दैछ ।
नेपाली विषयमा स्नाकोत्तर गरेका दोलखा चरिकोटका भोजराज न्यौपाने पत्रकारिता हुँदै व्यवसायमा आएका हुन् । अस्ट्रेलिया अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका ४३ वर्षीय न्यौपानेले ग्लोबल काठमाडौं कन्सल्ट सञ्चालन गरिरहेका छन् । अस्टेलिया अध्ययन गर्न चाहने विद्यार्थीको रुचि र छनोट अनुसार भर्ना र भिसा प्रक्रियामा सहजीकरण गर्दै आएका ग्लोबल काठमाडौं कन्सल्टका प्रबन्ध निर्देशक न्यौपानेसँग शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानी ।
इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले आफ्नो १८ औं वार्षिकोत्सवमा नयाँ अफर ल्याएको छ । यसमा १८ एमबिपिएसको इन्टरनेट स्पिड नौ सय ९९ सय रुपैयाँमा ल्याएको छ । वार्षिक ग्राहकका लागि ६ महिना नेटटिभी फ्री योजनासमेत यसले ल्याएको छ । यस्तै, भायनेटले १८ जना भाग्यशाली विजेतालाई एक वर्षका लागि फ्री इन्टरनेट सुविधासमेत दिने व्यवस्था गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
ओपोले नयाँ मोडल ओपो एफ५ सिक्स जिबी कालो रङमा सार्वजनिक गरेको छ । यसको मूल्य ४४ हजार नौ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । साथै, कम्पनीले ओपो एफ५ युथको पनि २७ हजार नौ सय ९० रुपैयाँमा उपलब्ध गराउने जानकारी दिएको छ । युवा वर्गलाई उत्पादन छनोटको थप अवसर प्रदान गर्ने सोचका साथ कम्पनीले एकपछि अर्को गर्दै फरक विशेषता र मूल्यका साथमा एफ५ का भेरियन्टहरु उपलब्ध गराएको हो ।
भोजपुरको सिद्धेश्वर गाउँमा जन्मिएका सन्तोष कोइराला झापा हुँदै काठमाडौं आएर बैंकिङ क्षेत्रमा करिअर बनाएका छन् । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका कोइरालाले करिब ढेड दसकअघि बैंक अफ काठमाडौंबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका थिए । सानिमा बैंक हुँदै माछापुच्छे बैंक प्रवेश गरेका ४२ वर्षीय कोइराला अहिले सो बैंकको नायब महाप्रबन्धकको जिम्मेवारीमा छन् ।
सरकारले कृषि क्षेत्रको उत्पादन बढाउँदै कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने रणनीति बनाए पनि यस क्षेत्रमा गरिएको लगानीले अपेक्षित प्रतिफल दिन सकेको छैन । सरकारले हरेक वर्ष कृषिजन्य वस्तुको उत्पादन बढाउन अर्बौं रुपैयाँ लगानी गरे पनि उत्पादन र उत्पादकत्व बढ्न नसकेको हो । पछिल्लो एक दसकमा कृषिमा गरिएको लगानी १० गुणा बढे पनि उपत्पादन दर निकै कमजोर छ ।
बिदाको समयमा परिवार, साथीभाइसँग घुम्ने योजनामा हुनुहुन्छ ? स्वदेश र विदेशका विभिन्न सहर घुम्ने रहर छ भने त्यसका लागि क्यान्डिड ट्राभल एन्ड टुर्स प्रालि र काष्ठमण्डप होलिडेजले सुलभ र सस्तो प्याकेज ल्याएका छन् ।
भारतबाट इन्जिनियरिङ पास गरेपछि तीन दशकअघि ज्यालादारी सेवाबाट नेपाल टेलिकममा जागिर सुरु गरेकी कामिनी राजभण्डारी अहिले नेपाल टेलिकमको महाप्रबन्धक छिन् । राजभण्डारीले ४४ अर्ब बढी वार्षिक कारोबार गर्ने टेलिकममा करिब ४१ सय कर्मचारीको नेतृत्व गरिरहेकी छन् । आइटीमा स्नाकोत्तर गरेकी राजभण्डारीसँग टेलिकमको सेवा विस्तार, नयाँ योजना लगायतका विषयमा शुक्रबारका लागि दिलीप पौडेलले गरेको कुराकानी।
गैर कानुनी बाटोबाट सुन ल्याउँदा धेरै फाइदा हुने भएपछि सुन तस्करी फस्टाएको छ । चालु आर्थिक वर्ष ०७४/७५ को पहिलो चार महिनामा भन्सार छलेर ल्याएको ५८ करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको सुन प्रहरीले नियन्त्रणमा लिएको छ । यो अवधिमा एक सय २२ किलो सुन प्रहरीले पक्राउ गरेर कारोबारमा संलग्नलाई मुद्दा चलाएको छ । सुन तस्करीमा ठूलो जोखिम भए पनि धेरै नाफा हुने भएपछि जोखिम मोल्न चाहाने लगानीकर्ताको आकर्षण देखिएको हो ।