ओपोको नयाँ संस्करण

सोमबार, ०३ पुष २०७४, ०४ : ४९ शुक्रवार
ओपोको नयाँ संस्करण

ओपोले नयाँ मोडल ओपो एफ५ सिक्स जिबी कालो रङमा सार्वजनिक गरेको छ । यसको मूल्य ४४ हजार नौ सय ९० रुपैयाँ निर्धारण गरिएको छ । साथै, कम्पनीले ओपो एफ५ युथको पनि २७ हजार नौ सय ९० रुपैयाँमा उपलब्ध गराउने जानकारी दिएको छ । युवा वर्गलाई उत्पादन छनोटको थप अवसर प्रदान गर्ने सोचका साथ कम्पनीले एकपछि अर्को गर्दै फरक विशेषता र मूल्यका साथमा एफ५ का भेरियन्टहरु उपलब्ध गराएको हो ।
ओपो नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा फेसनेबल, स्टाइलिस फोन निर्माताका रूपमा विशेष गरी युवा पुस्तामाझ लोकप्रिय भएको कम्पनीको दाबी छ ।
ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भर्खरै सार्वजनिक फ्ल्यागसिप मोडल ओपो एफ५ का लागि उपभोक्ताको माया र प्रतिक्रियाका लागि हामी समस्त उपभोक्ता तथा सरोकारवालाप्रति कृतज्ञ रहेको बताए ।
‘सार्वजनिक नयाँ मोडलले हाम्रा उपभोक्ताका लागि आवश्यकता अनुसार छनोटका लागि थप अवसर प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं । तिनका लागि पनि उस्तै साथ र सहयोग प्राप्त हुने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

Leave A Comment