बिदा मनाउन सस्तो प्याकेज

सोमबार, २५ मङि्सर २०७४, ०७ : ५० शुक्रवार
बिदा मनाउन सस्तो प्याकेज

बिदाको समयमा परिवार, साथीभाइसँग घुम्ने योजनामा हुनुहुन्छ ? स्वदेश र विदेशका विभिन्न सहर घुम्ने रहर छ भने त्यसका लागि क्यान्डिड ट्राभल एन्ड टुर्स प्रालि र काष्ठमण्डप होलिडेजले सुलभ  र सस्तो प्याकेज ल्याएका छन् ।

नेपाली समाजमा घुम्ने संस्कृतिको विकास भएसँगै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन ती कम्पनीले स्वदेशका विभिन्न पर्यटकीय गन्तव्य र विदेशमा समेत प्याकेज तयार गरेका हुन् । 

नेपालभित्र घुम्न चाहनेलाई क्यान्डिड र विदेश घुम्न चाहनेले काष्ठमण्डपमार्फत सेवा दिँदै आएको बताउँछन् । ‘सुलभ मूल्यमा प्याकेज तयार गरेर बिक्री गरिरहेका छौं,’ क्यान्डिड ट्राभलका टिम मेनेजर भीम शाक्यले भने, ‘पर्यटकको चाहाना र आवश्यकता अनुसार सेवा प्रदान गर्छौं ।’

नेपालका रारा, मुस्ताङ, पोखरा, घान्द्रुक, घोरेपानी, चितवन,  लुम्बिनी, धुलिखेल, नगरकोट लगायतका ठाउँलाई लक्षित गरेर प्योकज बनाइरहेको बताए । ‘घुम्न जानेको समय अनुसार कार्यक्रम बनाउछौं,’ शाक्यले भने, ‘टुरिस्टले आनन्दानुभूति गर्न सक्छन् ।’ नेपाली मात्र नभए विदेशीलाई ट्रेकिङ पनि गराउँदै आएको उनले बताए ।

सेवामा कुनै गुनासो नआओस् भनेर तालिम प्राप्त गाइड पनि राखिएको छ । करिब २५ हजार रुपैयाँमा रारा ताल पु¥याएर ल्याउने प्याकेज छ । काठमाडौंबाट जिपको यात्रामा सुर्खेत, कालिकोट, जुम्लासहित मुगुको रारा ताल घुमेर छ रात र सात दिनमा काठमाडौं ल्याउने शाक्यले बताए । ‘प्राकृतिक सौन्दर्यले भरिएका ती क्षेत्र निकै आकर्षक पनि छन्,’ उनले भने, ‘त्यहाँ पुगेर आउने सबै प्रफुल्लित हुन्छन् ।’
त्यसैगरी अधिकांश विदेशीको रोजाई र हिन्दु पर्यटकको गन्तव्य मुक्तिनाथ पनि लैजाने गरेको छ । पोखरा, पर्वत, बागलुङ, म्याग्दी सहित जोमसोम, कागबेनीको अवलोकनपछि मुक्तिनाथ मन्दिरको समेत दर्शन गर्न पाइन्छ । पछिल्ला वर्ष युवा÷युवतीका लागि मुस्ताङ रोजाईमा परेको छ । १४ हजार पाँच सय रुपैयाँको यो प्याकेजमा पोखराका सराङकोट, भेडिजफल, महेन्द्र गुफा, चमेरेगुफा, विन्दबासिनी मन्दिर, म्युजियम, फेवाताल, तालबराही पनि रमाउन पाइन्छ । ‘विद्यार्थीको लागि त ११ हजार पाँच सय रुपैयाँमात्र छ,’ शाक्यले भने, ‘खान बस्न यसमै समेटिएको छ ।’

कम समय हुनेहरुको लागि काठमाडौं–चितवन–पोखराको प्याकेज पनि तयार गरेको उनले बताए । चितवन राष्ट्रिय निकुन्ज, थारु संस्कृति, हात्ति प्रजनन् केन्द्रको अवलोकन, हात्ति सफारी, डुंगामा सयर गर्न सकिन्छ । काठमाडौदेखि कालिन्चोक दर्शनसहित दोलखाको लागि छ हजार आठ सय रुपैयाँमै तीन दिनको प्योकज रहेको छ । त्यसका अतिरिक्त लुम्बिनी, कास्कीको घान्द्रुक, घोरेपानी, धुलिखेल लगायतका स्थानमा पनि घुमाउन लैजाने गरेको ती कम्पनीले जनाएका छन् ।

नेपालीहरुको आम्दानी बढेसँगै विदेशमा गएर त्यहाँको पूर्वाधार निर्माणसहित औद्योगिक क्षेत्रको विकास, पर्यटकीय क्षेत्रको अवलोकन गर्न लालायित छन् । कर्पोरेट क्षेत्रमा काम गर्ने बैंक तथा वित्तीय संस्थाले घुम्नको लागि ‘फोर्स लिभ’ (अनिवार्य बिदा) दिन थालेका छन् । तिनलाई लक्षित गरेर काष्ठमण्डप होलिडेज्ले थाइल्यान्ड, मलेसिया, सिंगापुर, कम्बोडिया, भियतनाम, दुबई लगायतका मुलुकमा लैजाने गरेको प्रोडक्ट मेनेजर नोजल कोइरालाले बताए । ‘बजेट र समयअनुसार रमणीय स्थलको अवलोकन र सिकाईमा फाइदा पुग्ने प्याकेज बनाएका छौं,’ काष्ठमण्डप होलिडेजका कोइरालाले भने, ‘यसमा कर्पोरेट सेक्टरमा काम गर्नेको आकर्षण बढेको छ ।’ थाइल्यान्ड, बैंकक घुम्नेका लागि न्यूनतम चार रात, पाँच दिनको प्याकेज तयार गरेको कम्पनीले जनाएको छ । ‘न्यूनतम ४५ हजार रुपैयाँबाट प्याकेज सुरु हुन्छ,’ कोइरालाले भने, ‘बजेटअनुसार पनि सुविधा थप्दै जान्छौं ।’

आन्तरिक पर्यटनले स्थानीय तहमा रोजगारी सृजना गर्न पनि टेवा पुगेको छ । नेपालमा पर्यटनको अथाह सम्भावना छ । स्वदेशी तथा विदेशी पर्यटकको बढ्दो प्रभाव राम्रै ठाउँ ओगट्छ । सरकारले पर्यटन पूर्वाधारमा लगानी बढाएर प्रचारप्रसार गर्न सके पर्यटनले फड्को मार्ने व्यवसायी बताउँछन् । ‘पूर्वाधार क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए । 

नेपालमा पर्यटकीय गन्तव्यमा बाटाघाटो बिग्रिएकाले विदेशीलाई लैजान समस्या छ । धेरै ठाउँमा जोखिमपूर्ण यात्रा गर्नु पर्दा विदेशी डराउँछन् । नेपाल रमणीय छ नै घुम्नको सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताउँछन् ।

विदेशीहरु नेपालको पोखरा, अन्नपूर्ण पदमार्ग, बेसक्याम्प, मुक्तिनाथ, चितवन, भक्तपुर, नगरकोट लगायतका क्षेत्रमा घुम्न रुचाउँछन् । नेपालको प्राकृतिक सुन्दरतासहित सांस्कृतिक वातावरणमा रमाउन चाहने पर्यटक आउने गरेका छन् । नेपालमा घुम्न सुरक्षित छ भन्ने अनुभूति दिलाउन सक्नु पर्ने व्यवसायी बताउँछन् । विदेशीको तुलनामा नेपालीले धेरै खर्च गर्ने गरेको क्यान्डीडका मेनेजर शाक्यले बताए । ‘विदेशीको तुलनामा नेपालीले धेरै खर्च गर्छन्,’ शाक्यले भने, ‘ विदेशी लिमिटमा खर्च गरे पनि नेपाली फुर्मासी छन् ।’
 

Leave A Comment