आफू अभिनित फिल्म ‘इन्टु मिन्टु लन्डनमा’की निर्देशक रेनेशा बान्तवा राईसँग अहिले अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको राम्रो सम्बन्ध छैन । फिल्म रिलिज हुनुभन्दा पाँच दिनअघि प्रमोसनलाई छाडेर जापानको अवार्ड समारोहमा भाग लिन गएपछि उनीहरुबीच खटपट सुरु भएको थियो ।
हालसालै आफू अभिनित ‘प्रसाद’ फिल्मको प्रेसमिटमा निश्चल बस्नेतले ‘लुट–२’बाट आफ्नो घैँटोमा घाम लागेको प्रतिक्रिया दिए । अरुलाई भन्दा आफूलाई चित्त बुझेको चिज मात्रै लिएर आउने धारणा राखे ।
शालिन मानिएकी गायिका इग्गी एजेलिया पनि अब आफ्ना ग्ल्यामरस कभ्र्स प्रदर्शनीमा उत्रेको आरोप लागेको छ । पुरस्कार समारोहलगायत विभिन्न इभेन्टमा दर्शक र सञ्चारमाध्यमको ध्यान तान्न तथा समाचारमा छाउने फन्डाका रुपमा उनले स्किन टाइट पहिरन लगाउने गरेको भन्दै आरोप लागेको हो ।
बोलीको ठेगान नहुने कलाकारमा रेखा थापा र भुवन केसी पहिलो नम्बरमा पर्छन् । आफ्नो स्वार्थ मिल्यो भने जे पनि ठीक, मिलेन भने जे पनि बेठीक । रेखा र भुवनले फेरि एक पटक यही चरितार्थ गरे ।
मोडल र्याचेल म्याक्कडले फिल्म प्रिमियरमा निप्पल पेस्टिज लगाएर अंग प्रदर्शन गर्दा अनुहार कालोनीलो पार्नु परेको छ । हलिउडको फिल्म ‘अल अबाउट द मनी’को पहिलो प्रदर्शनमा पुग्दा मोडल म्याक्कर्डलाई सञ्चारमाध्यमले जीवित सेन्सर बार त्यहाँ आइपुगेको टिप्पणी गरेका थिए ।
एक जर्मन स्टारले लाखौं दर्शक सामु अत्यन्त निर्लज्जतापूर्वक निजी अंग सेभ (खौरिएकी) गरेकी छन् । जर्मनीको सिबिबीकी स्टार कात्या क्रासेभिच गत साता पनि यस्तै लज्जाहीन यौन कार्य गरी विवादित भएकी थिइन् ।
हलिउड हुन् वा बलिउड सेलिब्रेटी विवादास्पद नै किन नहोस् चर्चामा आउने कुनै मौका गुमाउँदैनन् । त्यस्तै विवाद निम्त्याएकी छन् बेलायती ग्ल्यामरस मोडल रियान सग्डनले ।
‘मेरा बाउले घिउ खाएका थिए, मेरो हात सुँघ’ भने जस्तै फुर्ती छ रेखा थापाको । अल्ली अगाडिसम्म उनका एकाध फिल्म हेर्न दर्शक आएका पनि थिए तर त्यो लगभग इतिहास भइसक्यो । पछिल्लो समय उनी अभिनित फिल्म ‘रामप्यारी’, ‘रुद्रप्रिया’हेर्न दर्शक ठ्याम्मै आएनन् ।
पढ्ने कुरा कमै मान्छेको मात्र रुचि भित्र पर्छ । अझ बुढेसकालमा पढ्ने कुरा त अपवाद नै हो । तर करिष्मा मानन्धर यही अपवाद भित्र परेकी छिन् । ४५ वर्षको उमेर करिष्मा एसइई दिने तयारीमा छिन् ।
नेपालमा हुने अवार्ड गतिछाडा छन् । कस–कसले अवार्ड पाउँछ भन्ने कुरा मनोनयन हेरेर नै थाहा हुन्छ । देशमै हुने अवार्डको हालत यस्तो भइरहँदा झन् विदेशमा हुने अवार्डको दुर्गतिको के कुरा ?
प्रियंका कार्कीको कुरा बुझिनसक्नु छ । हिजोका दिनसम्म उनलाई ‘कथा काठमाडौं’ खेलेकोमा खुबै पछुतो लागेजस्तो थियो । अझ इंगेजमेन्ट गरेलगत्तै सार्वजनिक फिल्मको गीतले नकारात्मक चर्चा मात्र होइन, पोर्न हबमा समेत स्थान बनाएपछि त प्रियंका निर्माण टिमसँग असन्तुष्ट हुनु स्वाभाविक पनि थियो ।
अविवाहित आस्थाले अहिलेसम्म आफू सिंगल भएको दाबी गर्दै आएकी छन् । हो या हैन उनी नै जानुन् तर शंकै गर्नुपर्ने गरी उनको पार्टनर पनि सार्वजनिक भने भएको छैन । लक्का जवान भइसक्दा पनि उनी सिंगल बस्दा भने उनैलाई आपत परेछ ।
केकी अधिकारी महिला अधिकारबारे निक्कै सचेत देखिन्छिन् । छापा माध्यममा यो पाटोमा कलम चलाउन समेत उनी रुचिउँछिन् तर अहिले उनी आफैं महिला अधिकारको पक्षमा सामाजिक सञ्जालमा चर्को बहसमा सक्रिय ‘दोस्रो दर्जा’ समूहको निशानामा परिन् ।
हलिउडको एक्समेन सिरिजको फिल्म ‘एक्स–मेनः डेज अफ फ्युचर पास्ट’ की चिनियाँ अभिनेत्री फ्यान बिङविङ कर छलीमा मुछिएकी छन् । चीनकी सर्वाधिक महँगी फिल्म स्टार बिङबिङ करसम्बन्धी विवादपछि सबै सामाजिक सञ्जालबाट दुई महिनायता लोप भएकी छन् । अर्थात् हराएको व्यापक चर्चा छ ।
हलिउड, बलिउड र कलिउड (नेपाली फिल्मी जगत)मा प्रायशः नायक नायिका, गायक गायिकालगायत सेलिब्रेटीहरूबीच ‘कट थ्रोट’ प्रतिस्पर्धा रहन्छ । यस्तैमा निकै ‘बोलक्कड’ मानिने चर्चित अमेरिकी ¥यापर निकी मिनाजमाथि पनि यस्तै आरोप लागेको छ ।
प्रमोद अग्रहरीसँगको अन्तरंग दृश्यले भरमार ‘रातका कुरा’मा धेरैका लागि प्रियंकाले हद पार गरेकी छन् । यो गीतलाई लिएर प्रियंका र आयुष्मान दुवैलाई उडाउने काम भइरहेको छ । यतिसम्म त ठीकै थियो तर गीतको केही अंश पोर्न हबमा पनि भेटिएपछि गीतको चर्चा सेलाउने छाँट छैन ।
नामकै भरमा दर्शक झुक्किने राजेश हमाल युग बितिसक्यो । हिजोको दिन थियो, फिल्ममा राजेश हमाल छन् भने एक खालका दर्शक आउने ग्यारेन्टी नै हुन्थ्यो । हिजोआज भने दर्शक अनुहार हैन, गुदी हेर्न फिल्महलमा जान्छन् । अनमोल केसीको ‘कृ’ र साम्राज्ञीराज्य लक्ष्मी शाहको ‘तिमीसँग’ यसका उदाहरण हुन् ।