पढाइमा कमजोर करिष्मा

बिहिबार, २१ भदौ २०७५, ०६ : ०५ शुक्रवार
पढाइमा कमजोर करिष्मा


पढ्ने कुरा कमै मान्छेको मात्र रुचि भित्र पर्छ । अझ बुढेसकालमा पढ्ने कुरा त अपवाद नै हो । तर करिष्मा मानन्धर यही अपवाद भित्र परेकी छिन् । ४५ वर्षको उमेर करिष्मा एसइई दिने तयारीमा छिन् । 


केही दिनअघि करिष्माले  टर्मिनल एक्जामको रिजल्ट फेसबुकमा सार्वजनिक गरिन् । सार्वजनिक रिजल्टमा करिष्माले सिप्लस मात्र ग्रेड हासिल गरेकी छिन् । ग्रेडिङमा सिप्लस पढाकु विद्यार्थीका लागि गर्व गर्ने अंक होइन । तर योे टर्मिनल एक्जाम भएकाले उति धेरै चिन्ताको विषय भने होइन । बाँकी परिक्षामा सुधार गर्दै उनले फाइनलमा राम्रो ग्रेड ल्याउन सक्छिन् । 


पछिल्लो समय करिष्माले पढाइमा ध्यान केन्द्रित गर्न अभिनयदेखि नयाँ शक्तिको जिम्मेवारीसम्मबाट पनि फुर्सद लिएको बताएकी थिइन् । तर परिक्षामा प्राप्त अंकले भने पढाइमा करिष्माको अझै मेहनत नपुगेको देखाउँछ । सबै कुरा त्यागेर पढ्न लागेपछि करिष्माले घुँडा धसेर नै पढ्ने हो कि ? 

Leave A Comment