निर्देशकका दुःख नि !

शुक्रबार, ०७ मङि्सर २०७५, ०४ : ३४ शुक्रवार
निर्देशकका दुःख नि !

आफू अभिनित फिल्म ‘इन्टु मिन्टु लन्डनमा’की निर्देशक रेनेशा बान्तवा राईसँग अहिले अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको राम्रो सम्बन्ध छैन । फिल्म रिलिज हुनुभन्दा पाँच दिनअघि प्रमोसनलाई छाडेर जापानको अवार्ड समारोहमा भाग लिन गएपछि उनीहरुबीच खटपट सुरु भएको थियो ।

रेनेशाले हालै सिनेपाटी युट्युब च्यानलसँग कुराकानी गर्दै खटपट भएको कुरा सार्वजनिक रुपमै स्वीकारिन् । साम्राज्ञीका कारण तय गरिएका इन्टरभ्यु कार्यक्रम पनि क्यान्सिल गर्नुपरेको गुनासो उनले पोखिन् । र, त्यो भन्दा महत्वपूर्ण कुरा, फिल्मको लागि छिटपुट साम्राज्ञीको भ्वाइस फेसबुकमार्फत् डबिङ गरेर सक्नु परेको समेत खुलाइन् । निर्देशकका दुःख नि !

Leave A Comment