वेन्डी विलियम्सले सोमबार बिहानको कार्यक्रम आफ्नै लागि डेडिकेट गरिन् । उनले ‘देयर बिजनेस इज आवर बिजनेस’ शीर्षकमा कार्यक्रम शुरु गरिन् र केविन हन्टरसँग भएको सम्बन्ध विच्छेदबारे खुलेर बोलिन् ।
‘लिलिबिली’का दृश्य जति भव्य थिए, फिल्म त्यत्ति नै झुर । झुर फिल्मको व्यापार राम्रो हुने चान्सै भएन । विभिन्न हिन्दी फिल्मका टुक्राटाक्री जोडेर बनेको फिल्मको आयु मुस्किलले २–४ दिन हुने भए पनि यसका निर्माता प्रदिप उदयले भने केक काटेरै ५१ दिन मनाए । तस्बिर खिचाएर फिल्म भव्य भएको गुट्की हाँके ।
नेपाली फिल्मको काटकुट बजेट उही ७० लाख हाराहारी हो । उदार निर्माता भए पनि करोड माथि जाँदैन । यस्तो ओपन सेक्रेट तथ्य छरपष्ट हुँदा पनि हाम्रा नायकहरु नाक फुलाउँदै पारिश्रमिक आधा करोड भएको धक्कु लगाउन छाड्दैनन् ।
फिल्म चलोस् नचलोस् प्रियंका कार्कीलाई त्यत्ति मतलब देखिन्न । तीन फिल्म रिलिज भए तर अभिनयको हिसाबले उनलाई कुनै क्रेडिट आएन । तर बाल मतलब उनलाई ! कारण, उनले अभिनय गरेका फिल्मलाई दर्शकले नरुचाए पनि उनलाई रुचाएकै छन् । सामाजिक सञ्जालमा उनी हिटै छिन्, विज्ञापनको बजारमा एकछत्र राज चलेकै छ ।
फिल्म चलाउन हलमा पुगेर ‘ग्वाँ ग्वाँ’ रोइदिने चलन ०७५ मा खुब फस्टायो । त्यसको शुरुवात गरिन्, फिल्म ‘शत्रु गते’की अभिनेत्री आँचल शर्माले । दर्शकसँगै हल पुगेकी उनी ग्वाँ ग्वाँ रोइदिइन् । उनको रुवाईमा दर्शकले भने साथ दिएनन् ।
मेगा स्टार मानिएका अभिनेताको फिल्मले समेत दर्शकलाई हलसम्म तान्न नसकेपछि अहिले फिल्म निर्माताहरु चिन्तामा छन् । एक्लै रिलिज हुने फिल्मले समेत लगानी उठाउन सकिरहेको छैन । यस्तो बेलामा चलचित्र विकास बोर्ड अध्यक्ष निर्माता केशव भट्टराई आफ्नै फिल्म जुधाउँदै छन् ।
शास्त्रले नै भन्छ १८ वर्ष पार गरेको सन्तान साथी समान हो । यो भनाइबाट नायक भुवन केसी ज्यादै नै प्रभावित रहेछन् । त्यसैको प्रमाण हो, उनले छोरा तथा नायक अनमोल केसीको जन्मदिनमा हालै सार्वजनिक गरेको तस्बिर जसमा उनी हातमा स्याम्पेनको ग्लास लिएर छोरासँगै बसेका छन् । छोरा अनमोल मुस्कुराइरहेका छन् ।
चलचित्र निर्माता अशोक शर्माले लामो समयको निष्क्रियता तोड्न बनाएको ‘जय भोले’मा नायिकाको अफर गरेका थिए, साम्राज्ञी राज्यलक्ष्मी शाहलाई । तर पुराना खारिएका निर्माता तथा निर्देशक शर्मालाई नयाँ कलाकार शाहले पत्याइनन् र शर्मा अर्कै नायिकाको भर परे ।
कुन समय शुभ हो कुन अशुभ भन्दै नाम र दाम दुवै कमाएका ज्योतिष हरिहर अधिकारीले आफ्नै फिल्मको शुभअशुभ भने पत्तो लगाउन सकेनन् । टेलिभिजनमा ज्योतिषसम्बन्धी कार्यक्रम चलाएर भाग्य फल भनिदिने गरेका उनै हरिहरकै फिल्म ‘शुभ लभ’को शुभसाइत मिल्न सकेन ।
नायिका करिश्मा श्रेष्ठ ब्ल्याक आउटफिट, हातमा हत्कडी अनि चाबुक बोकेको अवतारमा देखिइन् । इन्टाग्राममा राखिएको यस किसिमको तस्बिरलाई ‘डोमिनेट्रिस’ अवतार भनिन्छ । अर्बन डिक्सनरीका अनुसार, डोमिनेट्रिक्सको अर्थ आफ्नो सेक्स पार्टनरलाई पीडा दिँदै नियन्त्रणमा राख्ने युवती हो ।
बलिउडमा प्रतिभाभन्दा पनि परिवारवाद हावी हुँदा स्टारका सन्तानले मौका पाइरहेको प्रतिक्रिया दिएपछि भारतीय अभिनेत्री कंगना रनावत निक्कै विवादमा तानिएकी थिइन् कुनै समय । प्रशंसा र गाली दुवै पाएकी उनकै पथमा देखिइन् नेपाली अभिनेत्री वर्षा सिवाकोटी ।
एलिस कार्कीले चोरी स्वीकार गरे तर कारण चैँ ‘पैसा नदिएकाले राखिदिएँ’ पो भनेछन् । अब चोरले नै चोरेको हो भनिसकेपछि बाँकी तर्क नै किन चाहियो र ! फिल्म बनिसकेपछि बाँकी पैसा नदिएको झोँक फेर्दा कार्की भने मज्जैले नागिंए ।
अभिनेता सलिनमान बनियाँ यतिखेर तनावमा छन् । तनाव पर्नुको कारण हो, उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ र अनमोल केसी अभिनित ‘ए मेरो हजुर ३’ को प्रदर्शन मिति एकै हुनु । यस्तो लाग्छ, बनियाँ अनमोलका कारण आफ्नो फिल्म चिप्लिने पो हो कि भन्ने डरमा छन् ।
यति बेला नायिका वेनिशा हमालको प्रेमको चर्चा चुलिएको छ । कारण हमाल र निर्देशक सिमोस सुनुवारको आत्मिय तस्बिरहरु नै हुन् । उनीहरु कहिले हावामा उडिरहेको फोटो सााजिक सञ्जालमा पोस्ट गरेको देखिन्छ भने कहिले काँधमा चढिरहेको तस्बिर । यत्ति भएपछि प्रेमको चर्चा हुने नै भयो ।
प्रियंका कार्कीको स्वभाव हेर्दा लाग्छ, उनलाई एक पटक गरेको कामले चित्त बुझ्दै बुझ्दैन । उनी पहिला ट्रायल गर्छिन् अनि चित्त बुझे मात्र पक्का हुन्छ । त्यसैले त उनले आयुष्मान देशराजसँग इन्गेजमेन्ट पनि दुई पटक गरिन् । ट्रायल घरमा, त्यसपछि होटलमा ।
गीतको नराम्रो प्रतिक्रिया पाएपछि गायिका मेलिना राईको पारो चढेछ । उनले गीत नराम्रो हुनुमा आफ्नो स्वरलाई हैन ‘टिमै नराम्रो’ भन्दै दोष दिइन् । आफूलाई दुईपल्ट गीत गाउन लगाए पनि नयाँ भर्सनको नराखेर थोत्रो गीत राखेको भन्दै मुर्मुरिइन् उनी ।
फिल्म नचले पनि दाजु आयुष्मान हिट छन् । हिटको कारण प्रियंका कार्कीसँगको प्रेमलीला नै हो । आशीरमान देशराज जोशी भने हल्लाले भन्दा पनि कामैले हिट हुन मरिहत्ते गरिरहेका छन्, तर जति गरे पनि लकले धोका दिँदा उनको फ्लप यात्रा टुंगिने छाँट देखिएको छैन ।