अमेरिकामा थोकमा अवार्ड ?

बिहिबार, २१ भदौ २०७५, ०५ : ५१ शुक्रवार
अमेरिकामा थोकमा अवार्ड ?

नेपालमा हुने अवार्ड गतिछाडा छन् । कस–कसले अवार्ड पाउँछ भन्ने कुरा मनोनयन हेरेर नै थाहा हुन्छ । देशमै हुने अवार्डको हालत यस्तो भइरहँदा झन् विदेशमा हुने अवार्डको दुर्गतिको के कुरा ? 

हालसालै चलचित्र संघले अमेरिकामा रहेको संस्थासँग मिलेर पपुलर अवार्ड गर्यो । अवार्डमा जो जो पुगे, कोही खाली हात फर्कन परेन । दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, नीता ढुंगाना सबैले अवार्ड पाए । अवार्डकै लागि पुगेका भुवन केसीले युग नायकको अवार्ड पाए । अनमोल केसी, साम्राज्ञीराज्य लक्ष्मी शाह पनि पपुलर मानिए । 


पहिलो कुरा त चलचित्र संघलाई अमेरिकामा गएर अवार्ड बाँड्ने रहर बुझिनसक्नु छ । अघिल्लो वर्ष पनि संघले अमेरिकामा अवार्ड बाँड्ने रहर गरेको थियो तर कसैको भिसा नलागेपछि तुहिएको थियो । यो साल भने जजसको अमेरिकाको भिसा लागेको छ उसैलाई मात्र लगे अनि जे मन लाग्यो त्यही अवार्ड दिए । कुनै व्यक्तिले यस्तो रहर गर्दासम्म क्षम्य मान्न सकिन्छ तर चलचित्र संघ आफैं यस्ता अवार्डमा संलग्न हुनु भने लज्जाको कुरा हो । यो लाज हामीलाई लागेर के गर्नु, अवार्ड गर्ने र लिनेलाई लागे पो ? 
 

Leave A Comment