नागरिक साप्ताहिक ग्रहफल

बिहिबार, २३ कार्तिक २०७४, ११ : ४१ शुक्रवार
नागरिक साप्ताहिक ग्रहफल

डा.राजकुमार सुवेदी
कम्प्युटर ज्योतिष सेवा

२०७४ साल कार्तिक २३ गते विहिबार निस्कने “शुक्रबार” पत्रिकाको लागि कार्तिक २३ गते देखि कार्तिक २९ गतेसम्म साताको ग्रहफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  
कार्यक्षेत्रबाट धन प्राप्तिको योग छ । विदेश यात्रामा शुभ हुने समय छ । सामान्य रुपमा स्वास्थ्यमा बाधा हुनेछ । हाइड्रो एवं बिजुलीसम्बन्धी सेयर व्यवसाय फस्टाएर जानेछ । वैदेशिक यात्रामा सामान्य ढिलासुस्ती हुनेछ । पार्टनरसिप व्यवसायबाट फल राम्रै मिल्नेछ । सकभर यो साता सवारी यात्रा कमै गर्नुहोला । प्रेम प्रसङ्गले घर परिवारमा सामान्य मतभिन्नता हुनेछ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ । खानपानमा सावधान रहनु होला ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक पद प्रतिष्ठा मिल्नेछ । घरमा शुभ, राम्रो वस्तुको क्रय हुने समय छ । साथीहरुसँग भ्रमण गरी खुसीपूर्वक समय यापन हुने छ । यो साताको अन्त्यमा आर्थिक व्यय देखिन्छ । साथीभाई इष्टमित्रबाट सहयोग मिल्नेछ । नयाँ जागिर प्राप्त हुनेछ । वैदेशिक रोजगारबाट राम्रो फल मिल्ने देखिन्छ । उन्नति प्रगतिले परिवारमा समृद्धि ल्याउने छ । दाम्पत्य जीवन सफल हुने योग देखिन्छ । लाभ र सुख प्राप्त हुने समय छ । नयाँ सवारी साधनको योग छ । मान–सम्मान प्राप्त हुने योग देखिन्छ । पारिवारिक सुखमा वृद्धि देखिन्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिनको कार्य गरेमा राम्रो छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । टाउकोसम्बन्धी हल्का रोग देखा पर्नेछ । ठूला क्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । खानपानको अनुकूल नमिल्ने योग छ । उन्नति प्रगतिको लागि धातु व्यवसाय र जल व्यवसाय सुरुवात गर्ने योग देखिन्छ । सहकर्मीहरुबाट राम्रो सहयोग सद्भाव मिल्ने छ । यो साताको अन्त्यमा केही आर्थिक लाभ मिल्ने देखिन्छ । वैदेशिक रोजगारमा राम्रो फल मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने देखिन्छ ।          
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य क्षेत्रमा सुधार आउनेछ । पारिवारिक भ्रमण गरेमा मन प्रशन्न रहनेछ । विद्यार्थीहरुका लागि यो साता राम्रो छ । प्रेमिकाहरुसँग पुनः माया प्रेम बढ्नेछ । इस्टमित्र साथीभाइसँगको भेटघाट रमणीय हुनेछ । नवीन कार्य गर्दा विचारपूर्वक गर्नुहोला । प्रेममा समस्या उत्पन्न हुने देखिन्छ । प्रेमिकाद्वारा धोका दिने योग रहेकाले विचार गर्नुहोला । व्यवसायीहरुका लागि लाभ हुने समय छ । यो साताको मध्यमा आर्थिक फल मिल्ने देखिन्छ । अन्यबाट नभई पितामाताबाट प्राप्त पेसाको प्रस्ताव स्वीकार्य छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक यात्रामा शुभ फल देखिन्छ । आर्थिक उपार्जनका लागि नयाँ मौका प्राप्त हुनेछ । स्वास्थ्यमा केही समस्या देखा पर्नेछ । अर्थ तया भाग्य राम्रो छ । विचार गरेर काम गर्नु होला नत्र पश्चाताप भोग्नु पर्ने हुन सक्छ । कार्यमा सामान्य बाधा आउनेछ । वरपरका साथीभाइबाट केही सहयोग मिल्नेछ । प्रेम आकर्षण योग रहेकाले प्रेममा सफलता मिल्नेछ । परिवारका सदस्यमा केही रोग देखा पर्न सक्नेछ । खानपानमा सावधान रहनुहोला । जलक्रिडाको विचार आएमा होसियारीपूर्वक गर्नुहोला ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक दिनचर्याबाट खुसी प्राप्त हुने समय छ । घर जग्गा व्यवहारमा केही सुधार आउने देखिन्छ । वरपरका व्यक्तिसँग सामान्य वैचारिक अन्तर हुने देखिन्छ । कार्यमा सफलता मिल्नेछ । स्थानान्तरणमा केही ढिलासुस्ती हुने देखिन्छ । पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । राम्रो कार्य सम्पादन गरे बापत प्रमोसन हुने समय छ । सवारी साधनलाई परिवर्तन नगरी चलाउनु भएमा राम्रो हुन्छ । व्यवसायीहरुका लागि लाभ हुने समय छ । यो साताको मध्यमा आर्थिक लाभ छ ।
             
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम्पत्य जीवनमा सफलताको योग देखिन्छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । उच्चस्थ व्यक्तिहरुसँग भेटघाट हुनेछ तर केही व्यक्तिहरुसँग मत मतान्तरसमेत हुनेछ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । यस हप्ता कार्यसिद्धि हुनेछ । घरेलु जीवनमा रोगको सामना गर्नु पर्नेछ । पारिवारिक मायाप्रेममा केही कमी हुनेछ । विद्यार्थीहरुका लागि अध्ययन, लेखन, अध्यापन कार्यमा सफलता मिल्नेछ । पहिलेका प्रियजनहरुसँग भेट हुनेछ । कार्यक्षेत्रबाट सम्मान प्राप्तिको समय छ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)      
नयाँ सवारी साधनको योग छ । सामाजिक सेवाको काम गर्नुहोला । पेसामा सामान्य समस्या देखा पर्नेछ । नयाँ व्यापारको योग छ । वैदेशिक रोजगारीमा राम्रो फल मिल्नेछ । सोचे अनुसारको फल पुरानो काममा मिल्ने छैन । स्थायी स्थानभन्दा नयाँ स्थान राम्रो हुने देखिन्छ । ठूला कार्यमा निर्णय लिनु ठीक छैन । आँखासम्बन्धी समस्या देखापर्नाले स्वास्थ्यमा केही बाधा हुने देखिन्छ । पारिवारिक भ्रमणले मन प्रशन्न रहनेछ । पेटसम्बन्धी समस्या देखा पर्नाले स्वास्थ्य केही बाधा हुने देखिन्छ ।   
    
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ । मित्र सहयोगीहरुबाट काम लिन सकिनेछ । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । प्रेमजीवन सफल छ । साताको अन्त्यमा थोरै मानसिक शान्ति हुनेछ । व्यवसायीहरुका लागि लाभ हुने समय छ । यो साताको अन्त्यमा आर्थिक फल मिल्ने देखिन्छ । प्रेमबाट नभई पितामाताबाट आएको वैवाहिक प्रस्ताव शुभ र स्वीकार्य मान्न सकिन्छ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला । दाजुभाइहरुसँगको सम्बन्धमा सुधार आउने छ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हलुका सवारी साधनको योग रहेको छ । जग्गासम्बन्धी कारोबारमा केही नाफा हुन सक्नेछ । पहिलेका प्रियजनहरुसँग भेट हुनेछ । उदर रोग देखापर्ने छ । प्रेम सम्बन्धमा सामान्य नराम्रो देखिन सक्छ । साझेदारी काममा सावधान हुनु पर्नेछ । मित्र क्षेत्रबाट बाधा अड्चन आई केही दुःख मानसिक कष्ट भोग्नु पर्नेछ । शिक्षामा लाभ हुने समय चलेको छ । निवास परिवर्तन गरी बस्नु उचित देखिन्छ । जग्गासम्बन्धी कारोबारमा केही अर्थ लाभ हुन सक्नेछ । पुरानै निवासमा बस्नु उचित छ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)                      
ठूला र महत्वपूर्ण कार्यमा रुचि बढ्नेछ । दाम्पत्य एवं पारिवारिक सम्बन्ध राम्रो देखिन्छ । कार्यमा सुख, शान्ति र खुसी हुने समय छ । प्रेमीप्रेमिकाहरुका लागि कार्यसिद्धि हुने योग छ । विचारपूर्वक काम गर्नु होला नत्र दुःख भोग्नु पर्ने छ । पहिलेका मित्रहरुबाट आर्थिक फल मिल्नेछ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला । दाजुभाइहरुसँगको सम्बन्धमा सुधार आउने छ । उत्साहित हुने समय देखिन्छ । उन्नति प्रगतिले परिवारमा समृद्धि ल्याउने छ । प्रेमिकाबाट सहयोग गर्ने योग रहेकाले राम्रो हुने समय छ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)                             
पढाइमा रुचि बढ्नेछ । सहयोगीहरुबाट काम लिन सकिनेछ । आयमा हल्का बाधा छ । पारिवारिक भ्रमण गरेमा मन प्रशन्न रहनेछ । छालासम्बन्धी समस्या देखा परी स्वास्थ्य बाधा हुने देखिन्छ । रोजगारीका लागि अवसर मिल्नेछ । केही समस्या सामना गर्नु पर्नेछ । दाम्पत्य जीवन सफल रहनेछ । साताको अन्त्यमा समस्याको समाधान पनि निस्कने छ । वैदेशिक होटल व्यवसाय खोल्ने योग देखिन्छ । धार्मिक एवं सामाजिक कार्यमा व्यय हुनेछ । घरमा सुविधाका वस्तुको क्रय हुने समय छ ।

Leave A Comment