साप्ताहिक ग्रहफल

शनिबार, ३१ भदौ २०७४, ०३ : ०४ शुक्रवार
साप्ताहिक ग्रहफल

२०७४ साल भदौ २९ गते विहिबार निस्कने “शुक्रबार” पत्रिकाको लागि भदौ २९ गते गतेदेखि २०७४ साल असोज ४ गतेसम्म साताको ग्रहफल
 
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ सवारी साधनको योग छ । सामाजिक सेवाको काम गर्नुहोला । पारिवारिक माया प्रेममा कमी हुने छैन । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ । सोचे अनुसारको फल पुरानो काममा नै मिल्ने छ । धातुको कार्य पहिलेकोे तुलनामा नयाँ स्थान राम्रो हुने देखिन्छ । ठूला कार्यमा निर्णय लिनु ठीक छैन । सामान्यतः भाग्य राम्रो छ । स्वास्थ्यमा केही बाधा हुने देखिन्छ । दाम्पत्य जीवन सफल रहनेछ । साताको अन्त्यमा अर्थ समस्याको समाधान निस्कने छ ।   
      
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम्पत्य जीवनमा सफलताको योग देखिन्छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । उच्चस्थ व्यक्तिहरुसँग भेटघाट हुनेछ तर केही व्यक्तिहरुसँग मत मतान्तरसमेत हुनेछ । सामाजिक पद, प्रतिष्ठा मिल्नेछ । यो हप्ता नयाँ कार्य सिद्धि हुने छ । घरेलु जीवनमा अग्रजको रोग कष्ट सामना गर्नु पर्ला । पारिवारिक माया प्रेममा केही कमी हुने छैन । विद्यार्थीहरुका लागि अध्ययन, लेखन, कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ । व्यवसायीहरुका लागि लाभ हुने समय छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा सफलता मिल्ने छ । धार्मिक दिनचर्याबाट खुसी प्राप्त हुने समय छ । घरजग्गा व्यवहारमा केही सुधार आउने देखिन्छ । वरपरका व्यक्तिसँग सामान्य मत भिन्नता हुने देखिन्छ । स्वकार्यमा सफलता मिल्नेछ । स्थानान्तरणमा केही ढिलासुस्ती हुने देखिन्छ पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । राजनीतिमा सफलता मिल्नेछ । सवारी साधनलाई परिवर्तन नगरी चलाउनु भएमा राम्रो हुन्छ । राम्रो कार्य सम्पादन, लेखन गरेबापत सम्मान, प्रमोसन हुने समय छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सवारी साधन क्रयको योग रहेको छ । जग्गासम्बन्धी कारोबारमा केही लाभ हुन सक्नेछ । पहिलेका प्रियजनहरुसँग भेट हुनेछ । उदर रोग देखापर्ने छ । प्रेम सम्बन्धमा सामान्य नराम्रो देखिन सक्छ । साझेदारी काममा सावधान हुनुपर्ने छ । नवमित्र क्षेत्रबाट बाधा अड्चन आई केही दुःख मानसिक कष्ट भोग्नु पर्नेछ । शिक्षामा लाभ हुने समय चलेको छ । निवास परिवर्तन गरी बस्नु उचित देखिन्छ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । मधुर भोजन र पारिवारिक संयोगले मन प्रशन्न हुने देखिन्छ ।
            
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठूला र महत्वपूर्ण कार्यमा रुचि बढ्नेछ । दाम्पत्य एवं पारिवारिक सम्बन्धमा राम्रो देखिन्छ । स्वकार्यमा सुख, शान्ति र खुसी हुने समय छ । प्रेमी–प्रेमिकाहरुका लागि कार्यसिद्धि हुने योग छ । विचारपूर्वक काम गर्नु होला नत्र केही दुःख भोग्नु पर्ने हुन सक्छ । पहिलेका मित्रहरुबाट आर्थिक फल मिल्नेछ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला । दाजुभाइहरुसँगको सम्बन्धमा सुधार आउने छ । उत्साही हुने समय देखिन्छ । अध्ययनमा सफलता मिल्ने छ । कार्य क्षेत्रमा सुधार आउनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जग्गा जमिनको कार्य गरेमा राम्रो छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । शिरसम्बन्धी हल्का रोग देखापर्ने छ । ठूला जलक्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । खानपानको अनुकूल नमिल्ने योग छ । उन्नति प्रगतिका लागि धातु व्यवसाय सुरुवात गर्ने योग देखिन्छ । सहकर्मी मित्रहरुबाट राम्रो सहयोग सद्भाव मिल्ने छ । यो साताको अन्त्यमा केही आर्थिक लाभ मिल्ने देखिन्छ । परिवारमा सुख प्राप्त हुने समय छ । धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ ।   
   
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक पद प्रतिष्ठा मिल्नेछ । घरमा शुभ, राम्रो वस्तुको क्रय हुने समय छ । साथीहरुसँग भ्रमण गरी खुसीपूर्वक समययापन हुने छ । यो साताको अन्त्यमा केही आर्थिक व्यय देखिन्छ । दाजुभाइ इष्टमित्रबाट सहयोग मिल्नेछ । नयाँ जागिर प्राप्त हुने योग छ । वैदेशिक रोजगारीबाट राम्रो फल मिल्ने देखिन्छ । प्रगतिले परिवारमा समृद्धि ल्याउने छ । दाम्पत्य जीवन सुखद् हुने योग देखिन्छ । कार्यमा लाभ प्राप्त हुने समय छ । नयाँ जागिर प्राप्त हुनेछ । वैदेशिक रोजगारमा राम्रो सफलता मिल्ने देखिन्छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
कार्यक्षेत्रबाट धन प्राप्तिको योग छ । सामान्य स्वास्थ्य बाधा हुनेछ । हाइड्रो एवं बिजुलीसम्बन्धी सेयर व्यवसाय फस्टाएर जानेछ । वैदेशिक यात्रामा सामान्य ढिला सुस्ती हुनेछ । पार्टनरसिप व्यवसायबाट फल राम्रै मिल्नेछ । सकभर यो साता सवारी यात्रा कमै गर्नुहोला । प्रेम प्रसङ्गले घर परिवारमा सामान्य मतभिन्नता हुनेछ । सहकर्मीहरुबाट राम्रो सहयोग सद्भाव रहने छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । केही कार्यगत समस्या सामना गर्नु पर्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ ।  )
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइमा रुचि बढ्नेछ । सहयोगीहरुबाट कार्यमा सहयोग मिल्ने छ । आयमा हल्का बाधा छ । पारिवारिक भ्रमण गरेमा मन प्रशन्न रहने छ । कानसम्बन्धी समस्या देखा परी स्वास्थ्यमा केही बाधा हुने देखिन्छ । वैदेशिक रोजगारीका लागि अवसर मिल्नेछ । केही अर्थ समस्या सामना गर्नुपर्ने छ । दाम्पत्य जीवन सफल रहनेछ । साताको अन्त्यमा समस्याको समाधान पनि निस्कने छ । पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । विलासी दिनचर्याबाट बच्नुपर्ने समय छ । मित्र सहयोगीहरुबाट काममा शुभ छ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य क्षेत्रमा सुधार आउनेछ । राजनीतिक भ्रमण गरेमा राम्रो छ । विद्यार्थीहरुका लागि यो साता राम्रो छ । प्रेमिकाहरुसँग मायाप्रेम बढ्नेछ । इस्टमित्र साथीभाइसँगको भेटघाट रमणीय हुनेछ । नवीन कार्य गर्दा विचारपूर्वक गर्नुहोला । जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ । प्रेमिकाद्वारा उपहार दिने योग रहेको छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । विद्यार्थीहरुका लागि अध्ययन कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)                
वैदेशिक यात्रामा शुभ फल देखिन्छ । आर्थिक उपार्जनका लागि नयाँ मौका प्राप्त हुनेछ । स्वास्थ्यमा केही समस्या देखापर्ने छ । वाणी सफल हुने योग छ । विचार गरेर काम गर्नु होला नत्र पश्चाताप भोग्नु पर्ने हुन सक्छ । नवकार्यमा सामान्य बाधा आउनेछ । नजिकका साथीभाइबाट केही सहयोग मिल्नेछ । प्रेम आकर्षण योग रहेकाले, प्रेममा सफलता मिल्नेछ । परिवारका सदस्यमा केही अल्परोग देखापर्न सक्नेछ । खानपानमा सावधान रहनुहोला । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ । मित्र सहयोगीहरुबाट काममा शुभ छ । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा थोरै मानसिक शान्ति हुनेछ । व्यवसायीहरुका लागि लाभ हुने समय छ । यो साताको अन्त्यमा आर्थिक फलसमेत मिल्ने देखिन्छ । पितामाताबाट आएको वैवाहिक प्रस्ताव शुभ र स्वीकार्य मान्न सकिन्छ । उच्चस्थ व्यक्तिहरुसँग भेटघाट हुनेछ । कार्यमा केही व्यक्तिहरुसँग हल्का मत मतान्तर हुने समय छ ।

 

Leave A Comment